हत्या आरोपमा घर्ती पक्राउ

दाङ,२५ पुस ।
हत्याको आरोपमा दुई वर्षपछि पक्राउ परेका एक जना अभियुक्त विरुद्ध दाङ प्रहरीले कर्तब्य ज्यान मुद्धा दर्ता गरेको छ । घोराही १ रामपुर वुका निवासी माधव पाण्डेका छोरा निराजन पाण्डेको हत्याको आरोपमा मुख्य योजनाकारसहित आफै संलग्न रहेको प्रहरीमा जाहेरी परेपछि बुकबाट गोविन्द घर्तीलाई पक्राउ गरेको हो ।

निराजनका वुवा माधवले आफ्नो छोराका हत्यामा गोविन्द आफै संलग्न भएको जाहेरी दिएपछि उनी माथि अनुसन्धान गर्न प्रहरीले दुई वर्षपछि पक्राउ गरेको हो । उनी विरुद्ध प्रहरीले कर्तब्य ज्यान कसुरमा अनुसन्धान गरेको हो ।


विशेष सुराकिको आधारमा पक्राउ गरि कर्तब्य ज्यानमा मुद्दा दर्ता हुने मुद्दा फाटका प्रहरी निरीक्षक सन्जिव वेलवासेले जानकारी दिए । गोविन्दसहित स्थानीय केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाइ अनुसन्धानपछि छोडिएको छ ।