प्रगतिशील लोकतान्त्रिक पार्टीको लुम्बिनी प्रदेश इन्चार्जमा नारायणी शर्मा

तुलसीपुर , ०७ पौष ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले लुम्बिनी  प्रदेश इन्चार्ज नारायणी शर्मालाई तोकेको छ ।

काठमाडौँमा बसेको  पार्टीको पूर्ण बैठकले लुम्बिनी  प्रदेशको इन्चार्ज शर्मा  र सह इन्चार्ज छन्द पन्थीलाई तोकिएको हो ।


पार्टीले पठाएको परिपत्र अनुसार  प्रदेश अध्यक्ष  परिषद‍्मा तिन जनालाई तोकिएको छ । जसमा  पङ्कज राई , बुद्ध सुनार , यज्ञ पोखरेल  रहेका छन्।

प्रदेश अध्यक्ष  परिषद‍्का पङ्कज राईले राईले  पार्टीले तोकेअनुसार नै यही पुस  १२ दाङको भालुवाङमा प्रदेश एकता  भेलाको तयारी गरेको बताए ।