तुलसीपुरमा भेरीको टोकाईबाट ३ जना घाइते

तुलसीपुर, २१ पुस ।
दाङको तुलसीपुरमा भेरीको टोकाईबाट ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालीका १२ निवासी ६६ वर्षीय नन्दराज वस्नेत, सोही ठाउँ निवासी ६३ वर्षीय नमा वस्नेत र २७ वर्षीय अनिता वस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १२ पुकार पसल नजिकै घरमा बसिरहेको अवस्थामा आज बिहीबार दिउसो ३ बजेको समयमा उनिहरुलाइ कालो भेरीले टोकेको प्रहरीले बताएको छ । घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।