आत्मनिर्भर जनशक्ति आजको आवश्यकता : वडाध्यक्ष चौधरी

तुलसीपुर, २८ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरीले आत्मनिर्भर जनशक्ति उत्पादन आजको आवश्यकता भएको बताएका छन् । सीप सिकेर केही काम गर्छु भन्ने सोचले हरेक मान्छेलाई आत्मनिर्भर बनाउने उनको भनाई थियो ।

वडा कार्यालयको सहयोगमा तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको महिलाहरुका लागि सिलाईकटाई तालिमको उद्घाटन गर्दै वडाध्यक्ष चौधरीले वडाले दक्ष सीपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको बताए ।


कार्यक्रममा बोल्दै तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले प्रशिक्षार्थीहरुलाई सीप पश्चात व्यवसाय सञ्चालनमा सहयोग गरिने बताए । ‘तपाईहरुलाई सीप सिकाएर दक्ष बनाउने मात्रै होईन व्यवसाय सञ्चालनमा सहयोग गर्ने पनि हाम्रो योजना रहेको छ ’ कलेज प्रमुख आचार्यले बताए ।

कार्यक्रमको सहजिकरण कलेजकी प्रशासकीय सहायक तिला ढकालले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा मिना वली रहनुभएको छ ।