गरीबको सहारा मास्कीः आर्थिक अभाबले उपचारबाट बञ्चितलाई गरे न्याय

तुलसीपुर,२४ माघ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्की गरीबको सेवामा तत्पर देखिएका छन् ।

दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित भएपछि उनी दुःखी,गरीबको सेवामा तल्लिन भएका हुन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले लामो समयदेखि आर्थिक अभाबमा उपचार नपाएका बबई गाउँपालिका वडा नं.१ मलै निवासी मित्रलाल राणाको उपचारमा सहयोग गरेका हुन् ।


आर्थिक अबस्था निकै न्यून रहेका राणाको उपचारमा लाग्ने सम्पूर्ण खर्चको ब्यबस्थापन गरि उनको सफल उपचार गर्ने मास्कीले बताए ।‘हामी दुःखी गरीबका प्रतिनिधि हौं’,उनले भने‘त्यसैले उहाँले आर्थिक अबस्था कम्जोर भएकै कारण उपचारबाट रोकिनु पर्दैन, हामी उहाँको उपचार गर्छौं ।’

राणाको एक बर्ष अघि गाडी दुर्घटनामा परि दायाँ खुट्टा भाँच्चिएको थियो । तर, उनले आर्थिक अभाब भएकै कारण एक बर्षदेखि उपचार पाएका थिएनन् । एक बर्षदे िमास्कीकै पहलमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएर उपचार गरिएको हो ।