लुम्बिनीमा माओवादीको दल नेता जोखबहादुर महरा निर्वाचित

मानसिंह विश्वकर्मा,
दाङ,१८ पुष ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा निर्वाचित हुनुभएको छ ।

भर्खरै सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले उहाँलाई दलनेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) ९ जनाको प्रदेश सभासदस्यहरुले सर्वसमति रुपमा निर्वाचित गरेको हो । आज विहानसम्ममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जोखबहादुर महरानै हुने भन्ने निश्चित थियो ।


बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुङगएको थियो । निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिनुभएको छ । उहाँले भन्नुभयोः–“सरकार र दलको नेतृत्व गर्नुहोला सफल कार्यकालको शुभकाना छ । ”