सानिमा लाइफको सेयर सूचीकृत

दाङ
१७ भदौ / सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ६० लाख कित्ता आइपिओसहित दुई करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम एक सय तीन रुपैयाँ १७ पैसादेखि तीन सय नौ रुपैयाँ ५१ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ ।


त्यसअनुसार बिहीबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार आउने भएको छ । नेप्सेले कम्पनीको सेयरलाई एसएलआई कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको सेयर कारोबार हुनेछ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'