लुम्बिनी प्रदेशः एमाले संसदीय दलको नेतामा गिरी

दीपक बोहरा
दाङ,१७ पुस । लुम्बिनी प्रदेशको संसदीय दलमा एमालेले लिला गिरीलाई चयन गरेको छ । आईतबार बसेको संसदीय दलको बैठकले गिरीलाई दलको नेतामा चयन गरेको सांसद सीता चौधरीले जानकारी दिईन् । गिरी रुपन्देही क्षेत्र नं.२(१)बाट निर्वाचित सांसद हुन् । उनी यस अघि संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालामा उद्योग,पर्यटन, बन तथा वातावरण मन्त्री भएर काम गरेका थिए ।


लुम्बिनीमा एमालेका सबै भन्दा बढि सांसद छन् । ८७ जना प्रदेशसभा सदस्य मध्ये एमालेका २९ सांसद छन् । एमाले प्रदेशको ठूलो दल भएकाले लुम्बिनीको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दावी रहेको एमाले महासचिब शंकर पोखरेलले बताए ।