अखिल क्रान्तिकारीको निर्वाचन : आयोग उपाध्यक्षमा ४ पक्षीय भिडन्त, अशोक भण्डारी विजयी

काठमाडौँ, १६ माघ । अखिल क्रान्तिकारीकाको निर्वाचन आयोगको उपाध्यक्षमा ४ पक्षीय  रोचक भिडन्तमा अशोक भण्डारीको विजयी भएका छन् ।

भण्डारीले ६१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रज्ज्वल खत्रीले ४११ मत पाएका छन् । तेस्रोमा दीपक थापाले ३१७ मत प्राप्त गरेका छन् ।


भण्डारी त्रिचन्द्र क्याम्पसका सङ्गठनबाट पूर्वस्ववियु सभापतिका उम्मेदवार थिए । खत्री थापाथली क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । थापा विश्वभाषा क्याम्पसका स्ववियु उम्मेदवार हुन् ।