दाङमा ४५ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

दाङ
७ मंसिर / दाङमा ४५ ग्राम ब्राउनसुगरसहित एक ब्यक्तीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट भारतको बहाराईच तहसिल नानपारा घर भएका २८ बर्षीय नाइमलाई पक्राउ गरिएको हो । हिजो अपरान्ह ५ बजेतिर पक्राउ गरेको भएपनि मंगलबार मात्रै उनलाई सार्वजनिक गरिएको हो ।


यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । लागु औषध नियन्त्रण ऐन २०३३को परिच्छेद – ३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यबस्था अनुसार २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० बर्षदेखि १५ बर्षसम्म कैद र ७५ हजार देखि २ लाखसम्म जरिवाना हुने व्यबस्था रहेको छ ।