तुलसीपुर
१७ भदौ / दाङका एक कोरोना संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।
गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनको आज बिहान मृत्यु भएको हो ।
उनको भेरी अस्पतालमा उपचार भइरहेको थियो । यस्तै त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिलाको पनि मृत्यु भएको छ। त्रिवेणी–६ सल्यान निवासी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।
लाइभदाङ । १७ भाद्र २०७८, बिहीबार १०:०६ बजे