तुलसीपुर, १५ पुस । गोरखा स्कुल तुलसीपुरले शिक्षासंगै खेलकूद क्षेत्रमा पनि फड्को मार्दै आएको छ । राष्ट्रिय स्तरका खेलकूदमा समेत जिल्ला तथा प्रदेशको नेतृत्व गर्दै सहभागिता जनाएको स्कुलले शिक्षासंगै खेलकूदलाई पनि संगै लगेको छ । स्कुलले यस प्रत्येक बर्षका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कब्जा गर्दै आएको छ ।
गोरखाले लगातार तीन वटा रनिङ शिल्ड कब्जा गर्दै आएको गोरखा स्कुल तुलसीपुरका खेल संयोजक मोहन सुनारले बताए ।
स्थापना कालदेखी शिक्षासंगै खेलकूदलाई उच्च प्राथमिकतामा राखेको स्कुलले लक्ष्य र उदेश्य अनुरुप अध्ययनरत विद्यार्थीले पालिका,जिल्ला हुँदै राष्ट्रिय, अन्तरास्ट्रिय स्तरमा बिद्यालय र सिगो जिल्लालाई नै खेल क्षेत्रमा चिनाएको छ ।
१२ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा ९ स्वर्ण , २ रजत र ३ कास्य पदक मध्ये गोरखाकी करुणा रिजालले ४ स्वर्ण,१ रजत र १ कास्य पदक हात पारेकी थिइन् । उनी कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।
त्यस्तै विष्णु वलीले ३ स्वर्ण जितिन्, रविना रेउलेले २ स्वर्ण, १ रजत र १ कास्य पदक जितिन । त्यस्तै चित्रबहादुर बस्नेतले २ स्वर्ण,१ कास्य पदक जिते ।
त्यस्तै रितिका बोहरा, रक्षा बश्याल र प्रतीक न्यौपाने दुइ/दुई स्वर्ण पदक जितेका थिए । त्यस्तै दिपेश राम्जा मगर,विशाल परियार,बिप्लव परियार,देविसरा वली,दीक्षा बस्नेत,सरु वली,दिपशिखा शाहीले कास्य पदक जितेका थिए ।
गोरखा तुलसीपुरकै विद्यार्थी १३ औं दक्षिण एशियाली खेलकुद सागमा सहभागी भएका थिए । अरुणा रिजाल र सिमान थापा सागमा सहभागी भएका थिए ।
विद्यालयका प्रिन्सिपल विजय जीएमका अनुसार प्रत्येक बर्ष विद्यालयले खेल सप्ताह आयोजना गर्छ, भने बीचबीचमा बिभिन्न खेलकूद कार्यक्रमहरु गर्दै आएको छ । यसकै फलस्वरुप विद्यालयले खेल क्षेत्रमा फड्को मार्न सफल भएको बताए ।
विद्यालयले किताबी ज्ञानसंगै ब्यबसायिक तथा प्रयोगात्मक शिक्षामा जोड दिएकाले त्यसको प्रतिफल खेल क्षेत्रमा उत्कृष्ट हाँसिल गर्न सफल भएको गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीले बताए ।
‘ब्लु’ हाउसलाई गोरखा रनिङ शिल्ड
विद्यालयमा विहीबार सकिएको खेलकूद सप्ताहमा ‘ब्लू’ हाउसले गोरखा रनिङ शिल्ड २०७९ को उपाधी जितेको छ । १२ स्वर्ण,४ रजत र ५ कास्य पदक हात पार्दै ‘ब्लू’ हाउसले रनिङ शिल्ड जितेको हो । त्यस्तै ७ स्वर्ण,८ रजत र ११ कास्य पदक साथ ‘रेड हाउस’ उपबिजेता भएको थियो । त्यस्तै ‘ग्रीन हाउस’ ६ स्वर्ण,१० रजत र २ कास्य पदक जितेर तृतिय भएको छ ।
त्यस्तै १ स्वर्ण ,९ रजत र ८ कास्य पदक सहित सान्त्वना स्थान हासिल गरेको ‘एल्लो हाउस’ उत्कृष्ट अनुशासन हाउस घोषणा भएको थियो ।
गोरखा ग्रुपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा १९ नम्बर बाहिनीका लेफ्टिनेन्ट कर्नेल सोनिक गुरुङको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ति सोमई, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल र त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा बक्ताहरुले गोरखा माबि स्थापनाकाल देखि नै शिक्षा संगै खेलकूद क्षेत्रमा जिल्लामा अब्बल भएको भन्दै प्रशंसा गरेका थिए । दाङलाई खेलकूदको माध्यामबाट राष्ट्रिय रुपमै चिनाउन गोरखाको भूमिका महत्वपूर्ण भएको उनीहरुको भनाई थियो । त्यस अवसरमा खेलकुदको बिकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै खेल पत्रकार लक्ष्मण बस्नेतलाई सम्मान गरिएको थियो । सो अबसरमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न भेषभुषा,कला संस्कृती झल्किने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारीले गरेका थिए ।
लाइभदाङ । १५ पुष २०७९, शुक्रबार १२:१६ बजे