अरु स्थानीय तहले लिएनन्, तर, लमहीले लियो कवाडको कर, दोहोरो कर तिर्न बाध्य

देवराज कडेल
तुलसीपुर, २९ भदौ । दाङको लमही नगरपालिकाले कवाड सामग्री ओसारपसार गरेको कर लिएको भन्दै व्यबसायीहरुले आपत्ति जनाएका छन् । करका नाममा व्यबसायीहरुलाई दुःख दिने काम भएको समेत उनीहरुको दुःखेसो छ ।

सोही विषयमा छलफल गर्न राप्ती कबाड व्यावसायी संघ सोमबार लमही नगरपालिका पुगेको छ । अन्य स्थानीय तहमा कबाड सामान लैजान कर तिर्नु नपर्ने तर लहमी नगरपालिकाले ठेक्का दिएर पैसा उठाउने गरेकोले आफूहरु सम्बन्धि निकायमै गएर छलफल गर्न पुगेको संघका अध्यक्ष मन्जित पुनले बताए ।

आफूहरुलाई निकासी करका रुपमा अनाबश्यक कर लिने गरेको उनको भनाई छ । आफुहरुले सरकारले लिदै आएको रु १३% कर तिरेर एक ठाउ बाट अर्को ठाँउ जाने गरेको तर, यसमा पनि दोहोरी करका रुपमा लमही नगरपालिकाले अशूल गर्ने गरेको संघका उपाध्यक्ष हकी कुलारङरेजले जानकारी दिए ।


यसले आफूहरु निकै मारमा परेको व्यबसायी चन्दन कुमार शाहले बताए । यो समस्या लिएर नगरपालिका पुगेपनि नगरप्रमुखले यो विषयमा कुनै सुनुवाई नगरेको उनले बताए । यो विषयमा बेवास्ता नै गरेको अध्यक्ष पुनको गुनासो छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'