तुलसीपुरमा करार कर्मचारीले खाएको तलबमा बेरुजु

तुलसीपुर,१३ भदौ ।
तुलसीपुर उपमहानगरपालिकामा करार कर्मचारीले खाएको तलबलाई बेरुजु देखाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा करार कर्मचारीले खाएको ७५ लाख ४१ हजार रुपैँया बेरुजु देखिएको छ । महालेखा परीक्षण प्रतिवेदन अनुसार तुलसीपुरका १९ वटै वडाले गरेका करार कर्मचारी भर्तीले गर्दा उक्त बेरुजु देखिएको हो ।

प्रतिवेदनमा भनिएको छ ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरि संगठन तथा ब्यबस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको काम र सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताब गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने ब्यबस्था छ । तर, वडा कार्यालहरुले विभिन्न पदमा ४० जना करार नियुक्ती गरि वर्षभरिमा ७५ लाख ४१ हजार भुक्तानी गरेकाले यसरी कर्मचारी नियुक्त गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्छ ।’


महालेखा परीक्षण अनुसार बेरुजु देखिएपनि उपमहानगरपालिकाले यसलाई सच्चाएको छैन ।