टरिगाउँ एयरपोर्ट नीतिमा मात्रै हाेइन्, बजेटपनि आउनु पर्छ : सांसद शर्मा

तुलसीपुर, २० जेठ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले टरिगाउँ एयरपोर्टको विषय नीतिमा समेटिने तर बजेटमा नआउने विगतकै समस्या भएकाले यस बर्ष त्यसो हुन नहुँने बताएका छन् ।

संसदमा बजेटका विषयमा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपारले विगतमा पनि नीतिमा छुने, तर, बजेटमा नआउने अबस्था थियो, यस बर्ष त्यसो नभई बजेटमै आउनु पर्ने उनको दावी थियो । ‘अहिले अर्थमन्त्री(बर्षमान पुन)ले बजेट बक्तब्यमा छुनु भएको छ’,उनले भने‘ अब बजेटमा पनि आउछ, भन्ने आशा छ ।’

दाङ लुम्बिन प्रदेशको राजधानी पनि भएको र जनघनत्वका हिसाबले पनि ठूलो भएकाले यो एयरपोर्ट विस्तार हुनुपर्ने उनको भनाई थियो । साथै नेपालकै इतिहासमा पुरानो एयरपोर्ट ओझेलमा पर्नु राम्रो कुरा नभएको अपारले बताए ।


सम्बन्धित समाचार

टरिगाउँ एयरपोर्ट स्तरबृद्धिको माग गर्दै सांसद मास्कीद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण