मोटरसाइकल र स्कुटर ठोक्किदा दुईजना घाइते

तुलसीपुर, १४ पुष ।
दाङमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक तुलसीपुर–२ निवासी २१ वर्षीय श्रदा खत्री र मोटरसाइकल चालक तुलसीपुर–१ निवासी ठाकुर प्रसाद भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


भमकेबाट तुलसीपुर तर्फ आउदै गरेको रा ७ प ६८०१ नम्बरको स्कुटर र बिपरीत दिशाबाट गईरहेको रा १ प ३२२९ नम्बरको मोटरसाइकल तुलसीपुर २ भमकेमा ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ । घाईते दुबैजनाको सिटि हस्पिटल तुलसीपुरमा उपचार भईरहेको र दुबै सवारी साधन घटना स्थलमै रहेको प्रहरीले जानकारी दिएको छ ।