
तुलसीपुर , ०५ पौष ।
फाउन्डेसनमा आवद्ध डिभाइन टेम्पल एकेडेमी, डिभाइन मन्टेश्वरी र डिभाइन पाठशालाका प्राथमिक तहमा अध्ययनरत करिब ४० भन्दा बढी विद्यार्थीहरूलाई प्रतिस्पर्धामा उतारिएको थियो ।
प्रतियोगितामा प्रथम स्थान डिभाइन मन्टेस्वरीबाट रोशनी डाँगी हुनुभएको थियो ।
यस्तै द्वितीय डिभाइन टेम्पल एकेडेमीकी छात्रा वैभवी महर्जन तृतीय डिभाइन मन्टेस्वरीकै एन्जल बस्नेत हुनुभएको थियो।
यस्तै सान्त्वनामा डिभाइन पाठशालाकी आरिया बिके र डिभाइन मन्टेस्वरीकी अविशा शर्मा हुनुभएको थियो ।
डिभाइन एजुकेसन फाउन्डेसनका सीइओ भोजराज न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा सिइओ न्यौपानेले फाउन्डेसनमा रहेर निरन्तर विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा
जोडेको र आगामी दिनमा पनि यस्ता प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्दै जाने बताउनुभयो।
नृत्य प्रतियोगिताको निर्णायकको भुमिकामा तुफान वलि हुनुहुन्थ्यो । निर्णायक वलिले डिभाइन अतिरिक्त क्रियाकलापमा सधै अगाडी रहेको र आफुलाई निर्णायकको भुमिकामा बिद्यालयले छनोट गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
बिद्यालयकी योग तथा संस्कृत प्रशिक्षक माधवा शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक पूर्ण केसी मुस्कानले गर्नुभएको थियो।



लाइभदाङ । ५ पुष २०८२, शनिबार ११:४२ बजे