दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने

दाङ, २७ भदौ । दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने भएका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्का अनुसार स्मार्ट लकडाउन कार्यविधिको मातहतमा रही स्थानीय तहले विद्यालय खोल्न पाउने निर्णय गरेको हो । स्थानीय तहले कोभिड–१९ शंकट व्यबस्थापन केन्द्रसंग समन्वय गरेर विद्यालय खोल्न पाउने निर्णय भएको कुरुम्बाङ्ले बताए ।

भोलि(सोमबार)देखि घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिको विद्यालय खोल्ने निर्णय गरेका छन् । त्यस्तै शान्तिनगर गाउँपालिकाले भने यस अघि नै विद्यालय खोलिसकेको छ ।


तुलसीपुर उपमहानगरपालिकाले भने विद्यालय खोलेपनि बस सेवा सञ्चालन नगर्ने निर्णय गरेको छ । यसको चौतर्फी विरोध हुने गरेको छ । घोराही उपमहानगरपाकिाले भने बस सेवा समेत सञ्चालन गर्न दिने भएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'