फुल नफुल्ने फूलवारी

दाङ,२४ चैत ।

दाङमा तीन वटा उपत्यका छन् । एउटा देउखुरी, एउटा दाङ र अर्को तुई दाई । त्यो तुई दाङ भनेको हालको तुलसीपुर उपमहागनरपालिका वडा नं. १३ फूलवारी । जहाँ जिल्लाको सबै क्षेत्रको वनावटलाई प्रतिनिधित्व गर्छ । वरिपरि चुरे पहाडले घेरीएको एउटा बस्ति । हेर्दा निकै सुन्दर छ, तर, विकासका हिसाबले निकै पछाडी परेको क्षेत्र । जहाँ औद्योगिक क्षेत्रका नाममा पनि बहस भएको क्षेत्र हो ।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी भन्छन्‘म मेयरको उम्मेदवार (वि.स.२०७४ ) हुँदा फुलवारीलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको थिएँ, किनकी यहाँ औद्योगिक क्षेत्रकालागि अति उपर्युक्त छ ।’ त्यहाँ उद्योगलाई चाहिने पानी पनि भएको, धुलो, धुवाकाकालागि जंगल पनि भएको र आबश्यक जग्गा तथा मजदुरहरु पनि पाईने भएकाले उद्योग स्थापनाकालागि विज्ञहरुले समेत त्यहाँ उपर्युक्त भएको भनि प्रतिक्रिया दिने गरेको उनले बताए । यस्तै बहस र छलफल त्यहाँ धेरै भए । हालका तुलसीपुरका मेयर घनश्याम पाण्डेले मात्रै होईन्, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि फूलवारीमा औद्योगिक क्षेत्र विकासकालागि उपयुक्र्त स्थान भएको भन्दै त्यहाँको अध्यन तथा छलफल गरेका थिए । सरोकारवालाहरुले पनि यो विषयलाई जोडतोडकासाथ उठाए ।

फुलवारी एकान्त पनि भएकोले त्यहाँको बस्तिलाई अन्यत्र स्तान्तरण गर्ने र त्यहाँ औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने गरि पटक–पटक बहस हुने गरेका थिए । तर, त्यो कार्य अध्ययन र बसहमै सीमित भयो । त्यहाँ अन्य विकास पनि तिब्रताका साथ अघि बढ्न सकेको अबस्था छैन । त्यसैले पनि त्यहाँ औद्योगिक क्षेत्र विकास गरेमा त्यहाँको जीवनस्तर उक्सिनेमा स्थानीयहरु पनि आशावादी छन् ।‘कि त यहाँ राम्रो संग विकास गरिदिए हुन्थ्यो, कि भने कतिबेला औद्योगिक क्षेत्र स्थापना गर्ने कुरा थियो, त्यही गरिदिएर हामीलाई अन्त व्यबस्थापन गरेपनि हामीलाई निकै सहज हुनेथियो’, तुलसीपुर १३ साजकुट्टी निवासी जुद्धबहादुर केसीले भने । त्यहाँका अन्य स्थानीयको भनाई पनि त्यस्तै छ । स्थानीय लालबहादुर केसीले पनि कित त्यहाँको विकास गर्नुपर्ने, नत्र भने अन्य ठाउँमा स्तान्तरण गर्नुपर्ने तर्क राखे ।

फूलवारीमा पनि दुई क्षेत्रको लडाई प्रष्ट देखिन्छ । सबै विकासहरु पश्चिम फूलवारीमा मात्रै हुने गरेको र पूर्व फूलवारीलाई कुनै पनि चासो नदिने गरेको पूर्वतर्फका नागरिकहरुले गुनासो गरेका छन् । पश्चिम तर्फमा विकासले फड्को मारेको, विद्युत,पानीलगायतको सुविधा भएपनि पूर्व फुलवारीमा भने सबैबाट अन्धकार रहेको भन्दै गुनासो पोखे ।‘सबै विकास पश्चिममा हुन्छ, नेताहरु प्नि सबै पश्चिम तिर छन्’, स्थानीय केसीले भने‘पूर्व तर्फ त हामीलाई नेतृत्वमा पनि लिदैनन्, विकास पनि एकदमै शून्य छ ।’ त्यहाँ विद्युतका पोल गागिएको छ, तर, राम्रो संग सबै ठाउँमा बक्ति बल्न सकेको अबस्था छैन ।

त्यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् । पूर्व हुँदै तुई खोला बगेको छ । त्यहाँका नागरिकले ९ पटकसम्म त्यो खोला तर्नुपर्छ ।‘नजिकमा विद्यालय छैन, कित घोराहीमा पर्ने रज्जे,मन्नामे जानुपर्छ, कि भने बराखुट्टी आउनु पर्छ । बराखुट्टी जाँदा ९ वटा खोला तर्नुपर्छ’, स्थानीय बसन्त खेत निवासी निर्मला नेपालीले भने “खोलाले बगाउने हो की भन्ने चिन्ता उत्तिकै छ, बर्षा लाग्यो भने आवतजावत गर्न पनि सकिने अबस्था रहदैन ।’

बर्षादमा वारपार गर्न सक्ने अबस्था नरहने समेत उनको भनाई छ । त्यहाँ कुनै पनि स्थानमा पुल छैन । खोलाहरुमा बनेका सल्याब पनि बर्षादमा बगाउने गर्छ । गएको बर्ष गाईखट्टी खोलामा बनेको सल्याब बर्षादमा आएको खोलाले बगायो ।
सिमलखुट्टीदेखि रणीयापुर पुग्दासम्म ९ पटक खोला तर्नुपर्छ । टेलिकमको टावर निर्माण भएपनि अझै त्यो टावर सञ्चालनमा आउन सकेको छैन । सडकको अबस्था उस्तै छ । ट्रयाक खोलिएको छ । तर, त्यसको स्तरोन्नतीकालागि यस अघि कसैबाट पनि पहल नभएको भन्दै त्यहाँका नागरिकले गुनासो गर्ने गर्छन्। तर, अहिले पश्चिमको बराखुट्टीदेखि साजखुट्टीसम्मको सडकमा ग्राबेल गर्ने, ह्यूम पाइप राख्ने गरि ३ करोड बजेट परेको छ । यस क्षेत्रका राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’को पहलमा अर्थ मन्त्रालयबाट ३ करोड बजेट आएको हो ।

त्यसले आफूहरुलाई खुसी थपेको स्थानीय लालबहादुर केसीले बताए । ‘अहिलेसम्म यो सडकलाई कसैले पनि हेरेका थिएनन्’, उनले भने‘धेरै पछि उहाँ(अपार)ले हुर्नुभएको छ, हामीले निकै खुसी भएका छौं ।’ अपारले फूलवारी सामरिक महत्व रहेकाले यसको विकास गर्न आबश्यक रहेको भन्दै त्यस क्षेत्रमा बजेट हालेको समेत प्रतिक्रिया दिए ।‘फूलवारी कृषि उत्पादनका हिसाबले पनि उपर्युक्त छ, वातावरण पनि एकदमै राम्रो छ’,उनले भने‘अब यहाँको विद्युत, खानेपानी, सडकलगायतका समस्या समाधान गर्नुपर्छ ।’ पिछडिएको क्षेत्रलाई सबैले हेर्नुपर्ने समेत बताए ।


त्यहाँका नागरिकको आयस्रोतको पनि उत्तिकै समस्या छ । आयस्रोत बृद्धि गर्नकालागि स्वरोजगारमुखी कार्यक्रम समेत ल्याउनु पर्ने त्यस क्षेत्रका अगुवा तथा माओवादी केन्द्र तुलसीपुर १३ का अध्यक्ष देबबहादुर बिकले बताए । फूलवारीको पूर्वतर्फ साजखुट्टी,बसन्त खेत, सिमलखुट्टी,पनालीबोटलगायत रहेका छन् । यहाँ विकासका योजनाहरु नपरेपछि गाउँलेहरु आफैले सक्रिय भएर पनि बाटो खन्ने गरेका छन् । त्यहाँ सरकारी जागिरे, पढेलेखेका मान्छेहरु समेत उत्पादन हुन नसकेको स्थानीय अगुवा दिपशिखा घर्तीले बताए । विकासका हिसाबले पछाडी परेपछि शिक्षा, स्वास्थ्यमा पनि निकै प्रभाब पार्ने गरेको उनको भनाई छ ।

तुई दाङ
देख्दा सुन्दर देखिन्छ । नामै काफि छ ‘फुलवारी’ । चारैतिर चुरे पहाड अनी बीचमा बसेका सुन्दर बस्तिहरु । देख्ने जति सबैलाई मन लोभ्याउने ठाउँ हो ‘फुलवारी । समग्र दाङको झल्को दिने भौगोलिक अबस्था भएकाले पनि यसलाई तुई (सानो) दाङले चिनिन्छ । घोराही उपमहानगरपालिका, लमही नगरपालिकासंग सिमाना पर्छ । दाङका तीन वटै सहर (तुलसीपुर, घोराही र लमही)को बीच केन्द्र पनि पर्छ । बजारकै केन्द्र पर्ने भएकाले धेरैजनाको गन्तब्य बन्ने गर्छ । देख्दा सबैले बयान गर्ने त्यो ठाउँको बास्तबिक व्यथा भने फरक छ । उपमहानगरपालिकाको एउटा वडा भएपनि सडक सञ्जालका हिसाबले निकै नाजुक रहेको स्थानीय दीपशिखा घर्तीले बताए ।‘ट्रयाक खोलिएको छ, तर, त्यसको स्तरोन्नतीको काम अघि बढ्न सकेको छैन्’, उनले भने‘नाम फुलवारी छ, तर सिंचाईको उचित व्यबस्थापन नहुँदा फुलवारीमा फूलहरु नै फुल्न छोडे ।’

त्यहाँका नागरिकले सिंचाई सुविधा माग्न थालेको धेरे भयो, तर पनि अझै सम्बोधन हुन सकेको उनको गुनासो छ । केही ठाउँमा स्यालो ट्यूवेल जोडिएको भएपनि ति ट्यूवेलमा पनि पानी आउन छोडेको उनको भनाई छ । सिंचाई नहुँदा हजारौं विघा जग्गा बाँझो राख्नु पर्ने अबस्था रहेको उनले बताए ।

आकाशे पानीको भरमा खेति गर्नुपर्ने त्यहाँका नागरिकको बाध्यता छ । फुलवारीको उत्पादनले बर्षमा तीन महिना मात्रै खाना पुग्ने र बाँकी नौ महिनासम्म कसरी दैनिकी चलाउने भन्ने चिन्ता रहने गरेको अर्का स्थानीय मोहन पौडेलले बताए । ‘अहिले युवाहरु गाउँमा छैनन् । युवाहरु सबै कमाउन कोही भारत तिर, त कोही विदेश गएका छन्’, उनले भने‘जेष्ठ नागरिक र महिलाहरुले नै गाउँ धानेका छन् । जागिरे तथा आम्दानीको अन्य स्रोत भएकाहरु मात्रै त्यहाँ बस्ने गरेका छन् । मर्दा, पर्दा आबश्यक पर्ने युवाहरु सबै बाहिरिएका छन् ।’

विकास निर्माणले पछाडी पर्दा त्यहाँका नागरिकको स्तर पनि बृद्धि हुन सकेको छैन् । गाउँको विकासमा खटिनुपर्ने युवाहरु अहिले भएको जग्गा पनि बाँझो राखेर विदेशमा पसिना बनाउनु पर्ने बाध्यता रहेको स्थानीय देबबहादुर विकले बताए । ‘फुलवारीबाट तुलसीपुर बजार पुग्न बीच–बीचमा धेरै खोलाहरु तर्नुपर्छ । अन्य समयमा त सहज नै हुन्छ, तर, बर्षादको समयमा ‘फलामका च्यूरा’ चपाए सरह हुन्छ ।’,उनले भने‘ठाउँ–ठाउँमा खोलाहरु छन्, तर ति खोलाहरुमा पुल बन्न सकेका छैनन् । केही खोलाहरुमा बन्ने प्रक्रियामा छन्, भने केही खोलाहरुमा पुल कहिले बन्छन्, भन्ने निश्चित छैन ।’

यदि कोही विरामी प¥यो भने पनि समयमै स्वास्थ्य संस्था पु¥याउन समस्या हुने गरेको उनको भनाई छ । फुलवारीमा खानेपानीको पनि त्यतिकै समस्या छ । अहिले केहीले कुवाको पानी प्रयोग गर्छन्, भने केहीले खाला खोस्रेर पानीको जोहो गर्ने गरेको केसीले बताए ।

त्यहाँ सञ्चारको पनि समस्या छ । कुनै पनि फोनले राम्रोसंग काम नगर्ने स्थानीय भरत पौडेलले बताए । ‘यहाँका नागरिक फोनको टावर खोज्दै डाँडाकाँडा धाउनु पर्ने अबस्था छ । तर, यो समस्या भने तत्काल समाधान हुँदैछ’,उनले भने‘फुलवारीमा टेलिकमको टावर निर्माण भएको छ । काम लगभग अन्तिम चरणमा पुगेको छ, केही समयमा सञ्चालनमा आउने तयारी रहेको छ ।’ साभारः अग्रिम साप्ताहिकMay be an image of outdoors and text