मुख्यमन्त्री रोजगार कार्यक्रम : सीप मात्रै होईन्, स्वरोजगार बनाउछ

तुलसीपुर
१६ भदौ /  लुम्बिनी ग्रामिण रोजगार कार्यक्रमले नागरिकलाई स्वरोजगार प्रदान गर्ने लक्ष्य राखेको छ । सोही अनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि गएको आर्थिक बर्षदेखि कार्यक्रम सञ्चालित छ । सीप मात्रै सिकाउने भन्दा पनि आम्दानीको मुख्यस्रोत बनाउने लक्ष्य अनुरुप यो कार्यक्रम सञ्चालित रहेको कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले बताउनुभयो। “हामीले रोजगार सिर्जनागर्नकालागि सुरुमा तालीम प्रदान गर्छौ”, उहाँले भन्नुभयो“तालीम पश्चात हामीले आबश्यक सामग्री पनि प्रदान गर्छौ । ”यसरी सामग्री प्रदान गर्दा व्यबसायीक रुपमा अघि बढ्न प्रेरणा मिल्ने गरेको तालीममा सहभागिहरुको भनाई छ ।“हामीले सीप मात्रै सिकेनौं, सीप सिकेपछि सामग्री पनि पायौं”, तुलसीपुर १२ निवासी नेत्राकुमारी ओलीले भन्नुभयो“ अहिले हामीलाई काम गर्न निकै सजिलो भएको छ ।”

उहाँले च्याउखेति तालीम पाउनु भएको थियो, भने आबश्यक सामग्री उहाँहरुलाई प्रदान गरिएको थियो । त्यस्तै च्याउ खेति तालीम लिएकी लक्ष्मी घर्तीले सामग्री पाएपछि खुसी भएको बताउनुभयो । पराल काट्ने मेसिनदेखि लिएर च्याउकालागि आबश्यक पर्ने सामग्री प्रदान गरिएको हो । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी युवा खगेन्द्र डाँगीले कलमी विरुवा उत्पादन गर्ने तालीम लिने अवसर प्रदान गर्नुभयो । तर, त्यो तालीममा व्यबहारिक भन्दा पनि बढि सैद्धान्तिक ज्ञान प्रदान गरिएकाले कृषि खेतिमा थप उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।“अब कृषि खेतिमा युवाहरु सक्रिय हुनुपर्छ, यसरी हामीले ठूलो क्षेत्रफलमा लगाएको कागति खेति देख्दा निकै खुसी भएका छौं, अझ हामीले यही आएर कागतिका बेर्ना उत्पादन गर्न सिक्यौं”, उहाँले भन्नुभयो “यसले हामीलाई हौसला प्रदान गरेको छ ।”

त्यस्तै अर्का युवा झक्कु प्रसाद जैसी पनि निकै खुसी देखिनु हुन्थ्यो । कागति उत्पादनको ठूलो क्षेत्रमा आएर कलमी विरुवा उत्पादन गर्न पाउँदा खुसी भएको उहाँले बताउनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा कुटानी पिसानीको मिल थिएन । त्यहाँका नागरिकलाई रोजगारी पनि हुने र कुटानी पिसानीकालागि पनि सहज होस्, भनि कुटानी पिसानी मिल उपलब्ध गराईएको छ । यसले आफूहरुलाई स्वरोजगार सिर्जना गरेको स्थानीय गोविन्द नेपालीले बताउनुभयो ।

यति मात्रै होईन्, मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमले मोटरसाईकल मर्मत तालीम प्रदान गरेर मर्मतकालागि आबश्यक समग्री प्रदान गरेको थियो । त्यस्तै कपाल काट्ने तालीम, पलम्बिङ, दूधका परिकार मर्मत, टनेल निर्माण तालीम, बाँसका सामग्री बनाउने तालीम, व्यूटिपार्लर तालीम, चप्पल निर्माणलगायतका जीवन उपयोगी तालीम प्रदान गरिएको थियो । सामाजिक, आर्थिक तथा शैक्षिक रुपमा पछि परेका वर्गलाई रोजगारमा जोड्नकालागि यस्तो खालको कार्यक्रम सञ्चालन गरिएको विज्ञ सदस्य विनोद शर्माले बताउनुभयो । साथै शारिरीक रुपमा अपाङ्गता भएका ब्यक्तीहरुलाई पनि उक्त तालीम प्रदान गरिएको हो ।

सीप सिकेर मात्रै नहुँने भन्दै त्यसलाई व्यबहारिक प्रयोग आबश्यक रहने भन्दै तालीम पश्चात यसरी सामग्री वितरण गर्दा सीपको सदुपयोग हुने बताउनुभयो । “अहिले धेरैको सीप सिक्ने तर, व्यबहारमा नउतार्ने समस्या देखिएको छ”, उहाँले भन्नुभयो“ यसरी सीप प्रदान पछि सामग्री वितरण गर्दा उहाँहरुले आफै पनि सीपलाई प्रयोग गर्नुहुन्छ, यसले सकारात्मक प्रभाब पार्छ ।”


May be an image of 1 person and text

May be an image of 1 person and text

May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'