पालिका स्तरीय महिला तथा बालबालिका सुरक्षा संयन्त्र बैठक

दंगीशरण, १९ साउन ।
समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाको आयोजना, दंगीशरण गाउँपालिका र आइ.एम. नेपालको सहयोगमा पालिका स्तरीय महिला तथा बालबालिका सुरक्षा संयन्त्र बैठक दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले विशेषगरी विद्यालय –विद्यालयमा पुगेर बाल विवाहबाट हुने असर, कानुनी सजाय तथा लैङ्गिक हिंसाको बारेमा किशोर/किशोरी लक्षित कार्यक्रमलाई अभियानकै साथ अगाडी बढन आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वली खड्काले बालविवाह निर्मुल गर्न समाजमा जनचेतनाको अत्यावश्यक रहेको बताउनुभयो । गाउँपालिका भनेको मेरुदण्ड रहेको र सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोगका साथ अगाडी बढे २०८७ सम्म दंगीशरण गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने १० बर्षे रणनीतिक योजना पुरा हुने बिस्वास समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले समाजमा हरेक कुरामा नियंत्रित हुने र स्वतन्त्रतामा कमि तथा प्रजनन र यौन शिक्षामा खुल्न नसक्दा बाल विवाह तथा लैङ्गिक हिंसामा वृद्धि भएको उल्लेख गर्नुभयो ।


बाल विवाह र लैङ्गिक हिंसामा दंगीशरण गाउँपालिकाको अवस्थाबारे जानकारी गराउदै सिड संस्थाका कार्यक्रम संयोजक उमेश खरेलले समतामूलक समाज निर्माण गर्ने अपेक्षा लिदै परीयोजना अगाडी बढाइएको बताउनुभयो ।

आफुहरुको उदेश्य बालविवाहको जोखिम भएका र बाल विवाह पिडीत बालवालिकालाई संरक्षण गरी अत्यावश्यक सेवा सुविधाहरुको ब्यबस्था गरी १० बर्षे रणनीति अनुरुप अगाडि बढ्नु रहेको बताउनुभयो ।

बैठकमा ७ वटै वडाका अध्यक्षहरु,साखा प्रमुखहरु,क्रियासिल संघसंस्थाका प्रतीनिधि लगायतकोको सहभागीता रहेकोथियो । बैठकको सहजिकरण सिड्कि सामाजिक परीचालक रेनुका बिकले गर्नुभएकोथियो ।