विप्लवले तुलसीपुरमा गरेको चक्का जाम खुल्यो

तुलसीपुर, ५ पुष ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तत्कानिल प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै तुलसीपुरमा गरेको चक्काजाम खुलेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार कम्युनिष्ट पार्टीले बिहान १० देखि ११ बजेसम्म तुलसीपुर सहित देशैभर एक घण्टा चक्का जाम गरेको थियो । बन्द कर्ताले तुलसीपुरको वीरेन्द्र चोकमा डोरी लगाएर सवारी आवागमन रोकेका थिए ।


२०७७ फागुन २० गते केपी ओली नेतृत्वको सरकारसंग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको थियो ।