काठमाडौं, २५ चैत ।
पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभरमा ३५७ जना संक्रिय संक्रमित रहेको बताइएको छ । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेको र १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
लाइभदाङ । २५ चैत्र २०७९, शनिबार १९:२१ बजे