स्मृतिमा सहिद विवेक

आजाद खड्का
जिल्ला कमिटिको बैठक बसिरहेका थियौ । बैठकको अध्यक्ष जिल्ला सेक्रेटरी क.सञ्जीले गरिरहेका थिए । बैठकको प्रमुख अतिथि केन्द्रीय सदस्य क.नमुना (जयपुरी घर्ती) ले गरि रहेकी थिइन् । उनले पार्टीको योजनालाई जनतामा व्यापकरूपमा लैजाने, आम जनतालाई जसरी भए पनि प्रगतिशिल पुँजीवाद (नयाँ जनवादी व्यवस्था) मा नेपाललाई प्रवेश गराउदै समाजवादी गणतन्त्र हुँदै साम्यवादसम्म नै मानव जगतलाई पु¥याउने विचार व्यक्त गरिरहेका थिए ।

संसारका दृष्टिमा मानव समाजले समाज विकासको चौथो युग पुँजीवादमा प्रवेश गरिसकेको तर नेपालमा अहिले सम्म पनि अर्ध सामन्ती र अर्ध उपनिवेशिक अवस्थावाट अघि वढ्न नसकेकोले जनयुद्व गर्नु परेको व्रिफिङ भईरहेको थियो ।साँच्चै आदिम साम्यवादी प्रारम्भिक युगबाट दास मालिक युग हुँदै सामन्ती युगमा प्रवेश गरेको र त्यसबाट पनि अघि बढेर पुँजीवादमा प्रवेश गरि सकेको थियो ।

सन १७७६–१७८३ सम्म सामन्तवादका विरूद्व तिव्र अभियान (युद्व) चलाएर अमेरिकी स्वतन्त्रता संग्राम सफल भएर पनि २४० वर्ष पहिले नै पुँजीवादमा प्रवेश गरिसकेको थियो । सन् १७८९ देखि १७९९ सम्म सामन्तवादका विरूद्व आज भन्दा २२३ वर्ष पहिले फ्रान्सेली राज्यक्रान्ति नामक अभियान (युद्व) सफल भएर फ्रान्सपनि पुंजीवादमा प्रवेश गरिसकेको थियो ।

तर, १७ वर्ष अघि सम्म हामी अर्ध सामन्ती र अर्ध उपनिवेशिक अवस्थामा थियौ । यहि अवस्थाबाट मुक्त हुनका लागि नेपालको इतिहाँसमा पहिलो पटक २०५२ फागुन १ गते (१२ फेव्रवरी १९९६) मा नेकपा (माओवादी) को नेतृत्वमा ‘माओवादी जनयुद्व’ नामक सामन्त, दलाल तथा नोकरशाहका विरूद्व अभियान चलाएका हौं । त्यहि अभियानका सफलताको लागि बसेको बैठकमा जयपुरी घर्ती कमरेड बोल्दा बोल्दै रोकिईन् । व्यागबाट मोवाईल निकालेर जुरुक्क उठिन् । बैठक स्थलबाट करिब ५० मिटर टाढा गईन् । बैठकमा सबै भन्दा सानो मै थिए । कमरेडहरूले सहयोगको लागि साथमा जान अनुरोध गरेका थिए ।

म पछि–पछि गए । उताबाट आएको फोनको आवाज अनुसार ‘रोल्पाको पाछावाङ ४, सुकेकुनामा शाही नेपाली सेना संगको जनमुक्ति सेनाका विशेष बटालियनका राजनीतिक कमिसार क. विवेक र क. कम्युनिष्ट कुमारको पनि सहादत भयो । ३ जना कमरेड घाईते भएका थिए ।’ जयपुरी कमरेड मलिन अनुहार सहित स्तब्ध भईन् । अनि एकछिन त्यहि बसेर पुनः बैठकमा गयौं । उनले क.विवेक लगायत दुई जना कमरेड सहिद र ३ जना कमरेड घाईते भएको सुनाईयो । बैठकले उनीहरू प्रति १ मिनेट मौन धारण ग¥यो । अनि सहिदहरूको अधुरा सपना पूरा गर्ने बाचा सहित कार्यक्षेत्रतिर लाग्यौं ।

हिजो दिउँसो केही जिम्मेवार साथीहरूले विवेक सहिद भएको प्रसंग निकाले । प्रसंग पूरा नहुँदै अन्यत्रै मोडे । मलाई लागिसकेको थियो– उनी सहिद भएका छन् ‘अहिले सि एम.ले नमुना कमरेड, कमरेड विवेक सहिद भए भनेर सुनाईयो ।’ त्यतिबेला जयपुरीले ‘म जस्ता हजारौँले जनयुद्धमा आफ्ना जोडी गुमाएका छन् ।’ अरू महिलाले श्रीमान गुमाउँदा पीडाबोध हुन्थ्यो नै ।


आफैंलाई मुटुमा लागेको घाउ र हातखुट्टामा लागेको घाउको दुखाइ भने फरक हुँदो रहेछ । पारिवारिक पीडा पचाउन गाह्रो भए पनि नपचाई नहुने बताए । कमरेड विवेक सहिद भएको पाँच दिनसम्म लगातार प्रवासका विभिन्न कमिटीको बैठक बसाल्दै प्रशिक्षण दिँदै हिँडेपछि मात्र समहालिएका थिए । सहादतका बेला क.विवेक पार्टीको क्षेत्रिय व्युरो सदस्य तथा जन मुक्ति सेना, नेपालको तत्कालिन विशेष बटालियन कमिसार थिए । पछि थाहा भयो–त्यो भिडन्तको बेला क.सन्तोष–भिमदत्त खड्का–रूकुम (हाल दाङ घोराही) बटालियन कमाण्डर रहेका थिए । बटालियन सहायक कमाण्डर क.अमर (प्युठान) आदि रहेका थिए ।

मलाई जनयुद्वको जिम्मेवार कमरेड विवेकको ईतिहास थाहा पाउन मन लाग्यो । पत्ता लगाउदा थाहा भयो(उनी साविक पिपल गाविस–७, रूखावाङ, रूकुम (हाल बाँफिकोट ८ गापा २, रूखावाङ, पश्चिम रूकुम, कर्णाली प्रदेश, नेपालमा २०२९/०९/०७ मा बुवा लोक बहादुर खत्री र आमा मनकुमारी खत्रीको कोखबाट जन्मिएका रहेछन् । मध्यम परिवारमा हुर्किएका कमरेड विवेक आई.एल पूरा गरि वि.एल. पढ्दा पढ्दै राजनीतिमा नेकपा (माओवादी) को पूर्णकालिन कार्यकर्ता रहेछन् । कमरेड विवेक रूकुमबाट कमरेड जनार्दन शर्मा (प्रभाकर) २०५१–२०५४ सम्म दाङको जिल्ला सेक्रटरी भएको बेला अभियानमा क.शिशिर सहित दाङ आएको थाहा भयो ।

उनी उनलाई जिल्लामा तानेर ५४ देखि दाङको तत्कालिन हाँसिपुर, लोहारपानी, काभ्रो, स्युजा र सैघा रहेको १ नंवर एरिया थियो । त्यो एरिया इन्चार्ज भएर गएको तत्कालिन एरिया सेक्रेटरी रहेका अधिवक्ता क.लुम बहादुर कार्की (बद्री)ले बताए । उनी (विवेक) कुबेर वली (सुर्य) पछि २०५७ फागुन देखि २०५८ साल चैत्र सम्म नेकपा (माओवादी) को दाङ जिल्ला सेक्रेटरी थिए ।

२०५८मा क.कृष्ण बहादुर महरा नेतृत्वमा सरकारसंग वार्ता गर्दा र दाङको घोराही स्थित शाही नेपाली सेनाको ब्यारेक आक्रमण तथा कब्जा गर्दा दाङमा थिए । पछि चैत्र महिनामा उनी जन मुक्ति सेना, नेपालको बटालियन राजनीतिक कमिसार भएर सरूवा भएका थिए । उनकी जीवन संगिनील क.जयपुरी घर्तीका अनुसार कमरेड विवेक आन्दोलनको होनहार सिपाही तथा जिल्लाको कुशल नेता एवं सैन्य कमिसार थिए । जयपुरीले क.विवेकसंग २०५४ सालमा विवाह गरी २०५५ सालमा छोरी नविना केसी मगरको जन्म भएको हो। उनीसंग युद्वकै बेला २०५४ देखि २०६० सम्म ७ वर्ष जोडिकारूपमा बिताएका थिए । कमरेड विवेकलाई गुमाउदा नेकपा (माओवादी)लाई अतुलनीय क्षति व्यहोर्नु प¥यो ।
उनको जन्म र राजनीतिक सुरूवातको हिसाबले रूकुमसंग खटन–पटनका हिसाबले दाङ संग र विवाह र सहादतका हिसाबले रोल्पासंग अलि बढि घनिष्ठ सम्बन्ध थियो ।

अहिले उनको जीवन संगीनी जयपुरी घर्ती, छोरी नविना केसी मगर, १ भाई, १ बहिनी, बुवा–आमा हुन् । क.विवेकको सहादत वि.सं.२०६०/०८/२८, सन् २००३/१२/१४ आईतबारका दिन भएको हो । सहिद सप्ताहले कमरेड विवेकको नाम दिमागमा फेरि याद दिलायो । कमरेड विवेक लगाएत सबै सहिदहरूको कार्यनीतिक लक्ष्य सामन्तवादको मुलभुत रूपमा अन्त्य भए पनि नयाँ जनवादी व्यवस्था आउन सकेन ।

अझै रणनीतिक लक्ष्य समाजवादमा पुग्न अझै जरूरी छ । विडम्वना भन्नू पर्छ । आज ती महान सहिदहरूले सहादत प्राप्त गर्दा जुन पार्टी नेकपा (माओवादी) थियो। आज त्यो पार्टी चिरा परेको छ । सहिदहरूको सपना पूरा गर्न एक भएर हिड्न सकि रहेका छैनन् । नेपालमा सामन्ती एकात्मक केन्द्रीकृत राजतन्त्रले जनताको सामान्य संघर्षमा दमन गरे पछि त्यसको प्रतिरोध स्वरूप जनयुद्वको सुरूवात गर्दाका केन्द्रीय समिति तदस्यहरू २१ जना थिए ।

ती २१ जनाको नामावली तपशिल बमोजिम रहेका छन्ः–
१.पुष्पकमल दाहाल ‘प्रचण्ड’
२.मोहन वैद्य किरण (पोलिटब्यूरो)
३.बाबुराम भट्टराई लालध्वज (पोलिटब्यूरो)
४.रामबहादुर थापा बादल (पोलिटब्यूरो)
५.पोष्टबहादुर बोगटी दिवाकर (पोलिटब्यूरो)
६.सीपी गजुरेल गौरव (पोलिटब्यूरो)
– तत्कालिन केन्द्रीय सदस्यहरूः
७.हरिबोल गजुरेल ‘सितल कुमार’ (केन्द्रीय समिती)
८.यानप्रसाद गौतम ‘आलोक’ (केन्द्रीय समिती)
९.टोपबहादुर रायमाझी ‘अनिल’ (केन्द्रीय समिती)
१०.देवप्रसाद गुरूङ ‘कान्छा बहादुर’(के.स.)
११.पम्फा भुसाल ‘विद्युत’ (के.स.)
१२.दण्डपाणि न्यौपाने ‘दिपेन्द्र’ (के.स.)
१३.अग्नि सापकोटा ‘कञ्चन’ (के.स.)
१४.लोकेन्द्र बिष्ट ‘अभ्यास’ (के.स.)
१५.हरिभक्त कँडेल प्रचण्ड ‘प्रतीक’ (के.स.)
१६.मातृका यादव (के.स.)
१७.नारायणप्रसाद शर्मा ‘कमल प्रसाद’ (के.स.)
१८. दिनेश शर्मा ‘सागर’ (के.स.)
१९. फणिन्द्र आचार्य (के.स.)
अहिले कहा छन् ती कमाण्डरहरू ?
– नेकपा (माओवादी केन्द्र)
त्यति बेलाका १९ जना केन्द्रीय सदस्य मध्य ६ जना नेकपा (माओवादी केन्द्र) मा छन् । तत्कालिन महामन्त्री क.प्रचण्ड अहिले अध्यक्ष छन् । अग्नि सापकोटा उपाध्यक्ष, पम्फा भुषाल उपाध्यक्ष, देव प्रसाद गुरूङ महासचिव, हरी गजुरेल उपमहासचिव, मात्रिका प्रसाद यादव उपमहासचिव, छन् ।
– नेकपा (क्रान्तिकारी माओवादी)
नेकपा (क्रान्तिकारी माओवादी) ४ जना मध्य मोहन वैद्य ‘किरण’ महासचिव, सिपी गजुरेल, स्थायी समिति सदस्य, हरिभक्त कंडेल स्थायी समिति सदस्य, दिनेश शर्मा ‘सागर’ स्थायी समिति सदस्य छन् ।
– नेपाल समाजवादी पार्टीमा १ जना डा.बाबुराम भट्टराई अध्यक्ष छन् । नेकपा (एमाले) २ जना राम बहादुर थापा ‘बादल’ (उपाध्यक्ष) छन्, भने टोप बहादुर रायमाझी ‘अनिल’ सचिव छन् ।
– वेपत्ता १ जनाः दण्डपानी न्यौपाने ‘दिपेन्द्र’ वेपत्ता योद्वा छन् ।
– निधन २ जनाः पोष्ट बहादुर बोगटी ‘दिवाकर’को हृदयघातको कारण निधन भएको छ । यान प्रसाद गौतम ‘आलोक’ माओवादीका अनुसार राज्यले रोल्पा गाउँको गुरासेमा हत्या गरेको हो ।
– स्वतन्त्र : स्वतन्त्र ३ जना रहेका थिए । त्यस मध्य लोकेन्द्र विष्ट मगर ‘अभ्यास’ दाङमा कृषि खेती गरेर बसेका छन् । भने क.नारायण प्रसाद शर्मा ‘कमल प्रसाद’ काठमाडौंमा बस्छन् । फनिन्द्र आचार्य भने जनयुद्व गर्ने निर्णयमा सामेल भए पनि उनी जनयुद्वमा सहभागी भएनन् । अहिले चितवनमा व्यवसाय गरेर बसेका छन् । सहिद कमरेड विवेक लगाए जनयुद्वका महान सहिदहरू प्रति उच्च सम्मान सहित हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दछु । साभारः अग्रिम साप्ताहिक