पाठकको सूचनाको भोग मेटाउन थालेको दोस्रो बर्ष

‘स्वाधीनता,समृद्धि र समाजवादको यात्रा’ नारा दिएर ‘अग्रिम साप्ताहिक’ पत्रिका प्रकाशन सुरु गरेको ठीक एक बर्ष पूरा भएको छ । जिल्लामा छापा माध्याम खुल्ने र बन्द हुने क्रम चलिरहेको अबस्था छ । तर, पनि समाजमा अझै पनि छापा माध्यामको माग छ । त्यसलाई परिपूर्ति गर्न हामी एक बर्षदेखि हाँजिर भएका हौं । हामी समाजले अपेक्षा गरिरहेका विषयबस्तुहरु पस्किनेछौैं । सञ्चार माध्यामको मुटु भनेकै हामीले दिने विषयबस्तु हुन् । आफ्नो मुटु स्वस्थ राख्न हामीले जति प्रयत्न गर्छौ, त्यति नै हामीले यस पत्रिकाको मुटुलाई स्वस्थ राख्न प्रयत्नरत छौं । हाम्रो उद्देश्य भनेको सत्य, तथ्य र निष्पक्ष समाचार प्रस्तुत गर्नु नै हो । तर, हाम्रो प्रस्तुत शैलीलाई मिठास बनाउने प्रयत्न पनि रहनेछ । हामीले जनता केन्द्रीत पत्रकारिता गर्ने छौं ।

पाठकले हरेक नयाँ विषयबस्तुको खोजी गर्नुहुन्छ । हामीले पाठकको त्यो भोकलाई पूरा गर्ने प्रयत्न ग¥यौं । हामी सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्छौ । समाजमा भइरहेका गतिविधिले मानव जीवनमा पार्ने सकारात्मक नकारात्मक प्रभावको विश्लेषण गर्छौं । परम्परागत शैलीका प्रकाशनहरु भन्दा भिन्न र विश्लेषणात्मक विषयबस्तु हाम्रो प्राथमिकता हो । हामी सतही, अपुष्ट समाचार र त्यसका कारण पाठकहरुमा उत्पन्न अन्यौलता चिर्ने काम गरिरहेका छौं । समाचारको गहिराइसम्म पुगेर अध्ययन अनुसन्धान गरी पाठकसम्म पु¥याइरहेका छौं । हामी व्यवसायीक पत्रकारिताका विश्वव्यापी मान्यतालाई उच्च सम्मान गर्दै प्रचलित राष्ट्रिय अन्तराष्ट्रिय आचारसंहिता पालना गर्न प्रतिबद्ध छौं । तथ्य तथा विश्वसनीयता भएका विषयबस्तुहरु हामी पस्किरहेका छौं । विश्वसनीयता पुष्टि नभएका र आधारहिन समाचारहरू हामीले प्रकाशन गर्दैनौं । सम्पादकीय प्रतिनिधि, सरकारी निकाय, सार्वजनिक संस्थारव्यक्ति र आम सर्वसाधारणलाई हामीले समाचारका स्रोतका रुपमा लिनेछौं । प्रकाशित भइसकेको समाचारमा त्रुटी वा गलत विवरण प्रकाशित भएमा भूल सुधार गरेर पाठकलाई सत्य, तथ्य जानकारी दिइरहेका छौं । पाठकलाई सधै सत्य, तथ्य र विश्वसनीय समाचार प्रदान गरिरहेका छौं । पत्रकारिताको मुख्य हतियार प्रश्न हो । के, कहाँ, कहिले, किन, कसरी र कस्तोको जवाफ खोज्छौँ । बेथिति, भ्रष्टाचार एवं बिग्रेका र भत्केका समाचार मात्र होईन्, हामी राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो नै भन्ने छौं । समग्रमा हामी पत्रकारिता पेशाप्रतिको व्यबसायिक निष्ठामा प्रतिबद्ध रहरिहेका छौं ।


राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा रहने प्रयास जारी नै छ । मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवद्र्धन समर्पित छौं । हामी सधै आवाजहिनहरुको आवाज बोलिरहेका छौं । त्यसकालागि हामीलाई आम नागरिक, पाठकबर्ग, विज्ञापनदाता, सम्वाददातालगायत सम्पूर्णको सहयोग आबश्यक पर्छ । हामी तपाईहरुको सहयोगको सधै अपेक्षा गरिरहनेछौं । साभार : अग्रिम साप्ताहिक