साइत हेरेर निवासमा सरे मुख्यमन्त्री केसी

दाङ, २३ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री निवासमा सरेका छन्। शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरेका हुन्।

साविक राप्ति प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक सेवा सुरु गर्ने योजना रहेको छ। तर, केसी निवासमा भने शुक्रबार बिहन ९ बजे सरेका हुन्। मुख्यमन्त्री गृहप्रवेशको समाचार संकलन गर्न पुगेका पत्रकारलाई भने रोक लगाइएको थियो।


मुख्यमन्त्री केसीको सचिवालयबाट सूचना पाएर समाचार संकलनमा पुगेका पत्रकारलाई मुख्यमन्त्री आफैले तपाईंहरुलाई कसले बोलायोरु भन्दै समाचार संकलनमा पुगेका पत्रकारलाई रोका थिए।

२०७७ साल असोज २० मा प्रदेश सभाको दुई तिहाइ बहुमतले राजधानीको टुंगो लगाएको थियो। निर्णय भएको २ वर्ष २ महिनापछि मुख्यमन्त्री कार्यालय दाङको देउखुरी सरेको हो। अन्य मन्त्रालयसमेत स्थापनाको तयारी भइरहेको छ।