तुलसीपुरमा सह–योग शिक्षक प्रशिक्षण शुरु

तुलसीपुर, २३ पुस ।
तुलसीपुरमा सह–योग शिक्षक प्रशिक्षण शुरु भएको छ । योग साधनालाई सहज बनाउन ३६ दिने सह–योग शिक्षक प्रशिक्षण शुरु गरिएको हो ।

पतञ्जली योग समिति नेपालद्वारा सञ्चालित पतञ्जलि योग जिल्ला समिति , जिल्ला महिला समिति, जिल्ला युवा समिति र तुलसीपुर नगर समितिको अभिभावकत्व तथा लक्षमोनारायण योग साधना केन्द्र तुलसीपुरको आयोजनामा सह–योग शिक्षक प्रशिक्षण शुरु भएको पतञ्जली योग समिति तुलसीपुर नगर मिडिया प्रभारी रेखा शर्माले जानकारी दिनुभयो ।

प्रशिक्षण तालिमको उद्घाटन साधना केन्द्रका संयोजक राधा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश योग सल्लाहकार देवराज आचार्यको प्रमुख आतिथ्यतामा गरिएको हो ।


त्यस अवसरमा प्रमुख अतिथि आचार्यले शारिरीक तथा मानसिकरुपमा स्वस्थ रहनका लागि योग साधना अनिवार्य रहेको बताउनुभयो । उहाँले योगलाई गाउँगाउँसम्म फैलाउनुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा पहिलो कक्षाको प्रशिक्षण विभाग प्रमुख दिपक बस्यालले योगिङ जोगिङ, लुम्बिनी प्रदेश महामन्त्री घनश्याम अधिकारीले प्राणायाम र योग संस्थापक देवराज आचार्यले योग दर्शनका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको हो ।

लुम्बिनी प्रदेशका पदाधिकारी एवम् सदस्य, जिल्लाका पदाधिकारी एवम् सदस्य, जिल्ला महिला पदाधिकारी एवम् सदस्य, जिल्ला संगठ्न मन्त्री, नगर, शिक्षा , सास्कृतिक, स्वागत र सल्लाहकार समितिका प्रभारी, सह–प्रभारी एवम् पदाधिकारी, सदस्य लगायत विभिन्न साधना केन्द्रका सम्पूर्ण दिव्य योगानुरागीको सहभागीता रहेको थियो । कार्यक्रमको स्वागत एवम् सहजीकरण लुम्बिनि प्रदेश शिक्षण विभाग प्रमुख दिपक बस्यालले गर्नुभएको हो ।