दंगीशरण–१ फुर्केशल्लिका जनताको बत्ती बाल्ने सपना पुरा

प्रमोद आचार्य
दंगीशरण, १९ जेठ ।
दंगीशरण गाउँपालिकाको वडानं. १ को दुर्गम ठाउँको रुपमा चिनिने फुर्केशल्लिमा बिजुलि बत्तीको पहुँच पुगेपछी त्यहाँका स्थानिय बासीन्दा हर्षित भएका छन् ।

दाङको दङगीशरण १ फुर्केशल्लि जहाँ अहिलेसम्म टुक्की र पानसमा बस्ने बाध्यता रहदै आएको थियो । अब त्यस ठाउँका जनताको समस्या समाधान भएको र त्यहाँका जनताको दैनिक जनजिवन सहज हुने दंगीशरण गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो । दंगीशरण गाउँपालिकाको पहल र त्यहाँ गाडीएका पोल र तारको बिस्तारमा पालिकाले बजेटनै खर्च गरेर पोल तथा तार बिस्तार गरेको थियो । ६० बर्ष पछी विद्युत बाल्ने आशानै मारीसकेका स्थानियहरु बत्ती बाल्न पाउने भएपछी धेरैनै हर्षित छन् ।

बिहिबार एक कार्यक्रमकाबिच विद्युत उद्घाटन गर्न गाउँपालिका अध्यक्ष सम्भु गिरी,उपाध्यक्ष पिमा खड्का प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई वडा नं. ६ का वडा अध्यक्ष रोशनजंग शाह विद्युत कर्मचारी प्रकाश देबकोटा र वडा अध्यक्ष रमेश भण्डारी,सहितको टोलिले बिहानैदेखी फिल्डमा पोल तार र प्राविधिक पक्षको अनुगमन गर्दै विद्युत उद्घाटन गरेको थियो ।


अहिलेको समयमा पनि आफ्नो पालिकाको एउटा वडा जहाँ विद्युतको पहुच नपुगेको प्रती दुखि हुदै अहिलेको स्थानिय सरकारका प्रमुख शम्भु गिरी उपाध्यक्ष पिमा वलि खड्का र सम्बन्धीत वडा अध्यक्ष रमेश भण्डारीले आफुले चुनावी प्रतीबद्द्ता अनुसारका कामहरुलाई निरन्तरता दिने क्रममा ६० बर्षदेखी विद्युतबबाट बन्चित त्यहाँका जनताको सपना पुरा गर्न पाएकोमा आफुहरू अत्यन्त हर्षित भएको बताउनुभयो ।

पालिकाले पहिलो बर्ष पिछडिएका ठाउँ जहाँ विद्युत सञ्चार र खानेपानी जस्ता कुराहरुको पहुँच पुग्न सकेको छैन । त्यस्ता ठाउँ तथा वडाहरुलाई प्राथमिकतामा राखी विकासको कामहरु अगाडि बढाए सङ्गै यसै वर्ष वडा नं. १ मा विद्युत,सञ्चार र स्वास्थ्य इकाइको सुविधा पु¥याएको पालिका अध्यक्ष गिरीले बताउनुभयो ।

यसै बिच वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले फुर्केशल्लि वासीहरुलाई तत्काल मिटर बक्स जडान गर्न र आबेदन दिनुपर्ने फारामहरु भर्न आग्रह गर्नुभयो ।