रुकुमपूर्वमा भिरबाट लडेर एक जनाको मृत्यु

रुकुमपूर्व, २२ मंसिर ।
रुकुमपूर्वमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका १ को ठूलो सिस्नेमा दाउरा काट्न गएका अन्दाजी २९ बर्षीय नवीन बुढाको भिरबाट लडेर मृत्यु भएको हो ।

आज बिहान माथिल्लो सिस्नेमा दाउरा काट्न निस्केका बुढाको भिरबाट लडेर ज्यान गएको सिस्ने गाउँपालिका १ लामपाखाकी स्थानीय दिलकुमारी बुढाले बताएकी छन् ।


बुढा सिस्नेको आधारभूत बिद्यालय घुम्ती शिक्षा टोलमा पठाउँदै आएको स्थानीयले बताएका छन् । उनी शारीरिक रुपमा अशक्त रहेका थिए ।