तुलसीपुर १२ : जसले नगरभरिका युवालाई नेतृत्व विकास गर्न तालिम दियो

तुलसीपुर
२१ मंसिर / तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को आयोजनामा तुलसीपुरका १९ वटै वडाका युवाहरुलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ ।

एउटा वडामा मात्रै सीमित नभएर सबै वडाका युवाहरुलाई क्षमता विस्तार गर्न आबश्यक भएको भन्दै उपमहानगरपालिकाका १९ वटै वडाका युवाहरुलाई बोलाएर युवा नेतृत्व तथा पैरवी योजना निर्माण सम्बन्धि २ दिने तालिम गरिएको हो । यो तालिम आफूहरुलाई निकै लाभदायिक भएको तुलसीपुर उपमहानगरपालिकाका नगर युवा सञ्जाल अध्यक्ष गणेश भण्डारीले बताए ।

उनले यस्तो खालको कार्यक्रम वडाले गर्नु एकदमै सकारात्मक कार्य रहेको बताए । त्यस्तै युवा परिषद दाङका अध्यक्ष अरुण लहरेले यस्ता कार्यक्रम एउटा वडामा मात्रै सीमित नगरि उपमहानगरपालिकालाई नै केन्द्रित गरेको भन्दै यो कार्य प्रशंसनीय रहेको बताए ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी र महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत माया श्रेष्ठलगायतले युवाहरुको नेतृत्व विकास अपरिहार्य भएको बताएका थिए । उनीहरुले युवाहरुले नै मुलुकलाई सही मार्गमा लैजान सक्ने भन्दै युवाहरुको नेतृत्व विकास हुन आबश्यक रहेको बताए ।

त्यस्तै वडाध्यक्ष खुसीराम चौधरीले अब युवाहरुले नै मुलुकलाई अगाडी लैजान सक्ने भन्दै क्षमतावान बनाउन यो कार्यक्रमको आयोजना गरेको बताए । उनले आगामी दिनमा लागुऔषध दुव्र्यसनी विरुद्धको कार्यक्रम गर्ने, खेलकूद प्रतियोगिता आयोजना गर्ने जस्ता कार्यक्रम गर्ने बताए । केही दिन अघि मात्रै समुदायमा लागु औषध विरुद्ध सडक नाटक प्रदर्शन गरिएको थियो । साथै युवाहरुकालागि योजना बनाएर अघि बढ्ने समेत बताए ।

ओरेक नेपालको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण ओरेज जिल्ला संयोजक ईश्वरी थापाले गरेकी थिइन् । त्यस्तै प्रशिक्षकमा सुलोचना खनाल थिइन् ।