तुलसीपुर ४ ले मानव सेवा आश्रमकाे एउटा कोठा बनाउन बजेट दिने

तुलसीपुर, १७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ ले मानव सेवा आश्रमको भवन निर्माणकालागि एउटा कोठा बनाउन लाग्ने रकम सहयोग गर्ने भएको छ ।

वडाध्यक्ष तुलसी थापा‘समीर’ले मानव सेवा आश्रमले भवन निर्माणकालागि आयोजना गरेको महायज्ञमा गएर उक्त प्रतिबद्धता जनाएका हुन् ।


तुलसीपुर ४ र ७ मा पर्ने हलवारमा निर्माण हुन लागेको भवनमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।