घोराहीले शिक्षकलाई आतंकित पार्ने गरि सरुवा ग¥योः शिक्षक संघ

तुलसीपुर,१३ चैत ।
नेपाल शिक्षक संघ दाङले घोराही उपमहानगरपालिकाले गरेको दरबन्दी मिलानको विरोध जनाएको छ ।

अध्यक्ष प्रकाश डाँगी, सचिब सूर्यबहादुर बस्नेतले सोमबार विज्ञप्ति जारी गरि १८ वटा दरबन्दी थपघटको नाममा बालविकास शिक्षक, राहात शिक्षक,प्राबि दरबन्दी, निमावि, मावि र प्रअ समेत गरि १०१ जना शिक्षकलाई मनोबल गिर्ने र आतंकित पार्ने गरि अपायक पर्ने ठाउँमा सरुवा गरेको भन्दै यसको विरोध जनाएका हुन् ।


शिक्षा ऐन विपरित सरुवा गरेको यो कार्य निन्दनीय रहेको भन्दै सच्चाउन पनि माग गरेका छन् । अन्यथा आन्दोलनको समेत चेतावनी दिईएको छ ।

साथै सरुवामा पेशागत संगठनलाई पनि वेवास्ता गरेको कुरा विज्ञप्तिमा उल्लेख छ ।