तुलसीपुरमा पुनः महोत्सब सञ्चालन हुने

तुलसीपुर, २१ मंसिर । दाङको तुलसीपुरमा महोत्सव सञ्चालन हुने भएको छ । मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सब २०७९ सञ्चालन हुने भएको हो ।

यसअघि मंसिर १५ गतेदेखि सञ्चालन हुने भनिएको महोत्सब उद्योग बाणिज्य संघ तथा चेम्बर अफ कमर्सको बिरोधपछि स्थगित भएको छ । पुनः सम्बन्धित निकायबाट अनुमति लिएर युथ्स अफ तुलसीपुरले महोत्सब आयोजना गरेको हो ।


महोत्सवमा २ सय बढि स्टल रहनेछन् । स्टर कृषि, पर्यटनसहित स्थनीय स्तरका ब्यबसायीहरुकोलागि स्टल राखिनेछ । तुलसीपुरका ब्यबसायीलाई असर नपर्ने गरी स्टल ब्यबस्थापन गरिएको सस्थाका अध्यक्ष अरुण लहरेले पत्रकार सम्मेलन गरि जानकारी दिए । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनको सहजीकरण सस्थाका सचिब आकाश भण्डारीले गरेका थिए ।