मुख्यमन्त्रीद्वारा तुलसीपुरमा आगजनी भएका कार्यालयको अनुगमन

तुलसीपुर, ५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले जेनजी आन्दोलनबाट आगजनी भएका तुलसीपुरका सरकारी कार्यालयको अनुगमन गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय, मालपोत कार्यालय, लोकसेवा आयोग, आन्तरिक राजश्व कार्यालय, भू–तथा जलाधार कार्यालय, एमाले र काँग्रेसको पार्टी कार्यालय, कोमल रिसोर्ट, गेहेन्द्र गिरीको घरको अनुगमन गरेका छन् ।


उनले घोराहीमा रहेका विभिन्न सरकारी कार्यालयहरूको पनि अनुगमन गरेका छन् । दाङमा दुई दर्जन बढी सरकारी कार्यालयहरू जलेर खरानी भएका छन्, भने दर्जनौँमा तोडफोड गरिएको छ ।

मुख्यमन्त्रीको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।