मलेसियामा ६ महिनादेखि बेपत्ता

दाङ, २१ मंसिर ।
दाङ–बैदेशिक रोजगारका लागि मलेसिया पुगेका घोराही उपमहानगरपालिका वडा नं. ८ सौडिका मंगल चौधरी ६ महिनादेखि परिवारिक सम्पर्क बाहिर रहेका छन् ।

२०७० सालमा बैदेशिक रोजगारका लागि मलेसिया पुगेका चौधरी लामो समयदेखि मलेसियाको जोरवारु स्थित हबसङ ट्रक नीजि रोजगार कम्पनीमा काम गर्दै आइरहे पनि गत असारदेखि पारिवारिक सम्पर्क नआएको उनका लागि रमेश कुमार चौधरीले बताए ।


लामो समयसम्म पनि भाई सम्पर्कमा नआएपछि खोजी कार्यका लागि मेनपावर कम्पनीदेखि सरोकावाला निकायसम्म पुग्दा पनि भाईको खोजीका लागि तत्परता नदेखाएको मंगलका दाजु रमेश कुमार चौधरीको गुनासो छ ।