दंगीशरणमा दुई सन्तानसम्मका सुत्केरीलाई सम्मान

प्रमोद आचार्य,
दंगीशरण, ७ पुष ।
दंगीशरण गाउँपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी दंगीशरण गाउँपालिका भित्र बसोबास गरेका र दंगीशरणका स्वास्थ्य सस्थाहरुमा सुत्केरी भएका तथा रिफर गरीएका सुत्केरी महिलाहरुका लागी सुत्केरी प्रोत्साहन पोषण भत्ता बितरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानियतहको दोस्रो निर्बाचन पस्चात आएका नब निर्बाचित जनप्रतिनिधिले पहिलो नितिगत निर्णय गरेको र त्यसको कार्यान्वयनको पहिलो चरण स्वरुप सुत्केरी पोषण भत्ता बितरण गरीएको गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले बाल शिसु मृत्युदर र मातृ मृत्युदर कम गर्न आफुहरुले पहिलो नितिगत निर्णय गरेको बताउनुभयो । यस्तै अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले महिलाहरु नियमित रुपमा पालिकाभित्र रहेका बर्थिङ सेन्टरहरुमा गर्भास्था चेक गराउदै राज्यको तोकियको सुबिधा उपभोग गर्न आग्रह समेत गर्नुभयो ।

यस्तै दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले कार्यक्रमको उदेस्य बारे जानकारी गराउदै नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमबाट २८०० (दुई हजार आठ सय) र दंगीशरणको सुत्केरी पोषण प्रोत्साहन भत्ताबाट ३२०० (तीन हजार दुई सय) गरी ६००० (छ हजार ) भत्ता बितरण गरीएको बताउनुभयो । यस्तै सामाजिक विकास समितीका संयोजक रोशन जङ्ग शाहले आमा तथा नबशिशु कार्यक्रम मार्फत दिगो विकास लक्ष्य हासिल गर्न मातृ मृत्युदर प्रती एक लाख जिबित जन्ममा ७० मा र बाल शिशु मृत्युदर प्रती १ हजार बाट १२ जनामा झार्ने लक्ष्य मुताबिक पोषण सुधार गरी सहयोग पु¥याउन पनि कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै वडा नं. ३ का वडा अध्यक्ष तथा आर्थिक समितीका संयोजक शुकलाल चौधरीले शिशुको पोषणयुक्त सवालमा अभिभावकले अत्यन्तै चासो दिन आग्रह गर्नुभयो ।पोषण भत्तालाइ नित्तान्त सहि सदुपयोग गरी मातृ तथा शिशुको स्वास्थ्य स्वस्थ राख्नु पर्ने बताउनुभयो ।

दंगीशरण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितीका सयोजक रोशन जङ्ग शाहको शभापतीत्व तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएको सुत्केरी महिलाहरुका लागी सुत्केरी पोषण भत्ता बितरण कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा दंगीशरणकि राधा शर्माले गर्नुभएको थियो ।