दंगीशरणमा १९ औं स्वास्थ्य स्वयंसेवीका दिवस

प्रमोद आचार्य
दंगीशरण, १९ मंसिर ।
महिला स्वास्थ्य स्वयंसेवीकाको प्रतीबद्द्ता स्वास्थ्य प्रबर्द्धनमा हाम्रो एक्यवद्धता भन्ने मुल नारासहित दंगीशरण गाउँपालिकाभित्रका स्वयंसेवीकाहरुले १९ औ स्वास्थ्य स्वयंसेवीका दिवस मनाएका छन् । विभिन्न सचेतनामुलक प्ले कार्ड सहित ¥यालि निकालि औपचारिक कार्यक्रम गरी दिवस मनाएका हुन् ।

स्वास्थ्य स्वयंसेवीका गोमा न्यौपानेको शभापतीत्व , गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता ,वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलिको बिशिष्ट आथित्यतामा कार्यक्रम समापन भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले निस्वार्थ रुपमा सामाजिक स्वास्थ्य सेवामा अहोरात्र खटीने स्वास्थ्य स्वयंसेवीकाको भुमिका प्रती आभार प्रकट गर्नुभयो ।


स्वस्थ दंगीशरण निर्माणमा पालिका अगाडि बढेको र आफु पनी स्वयंसेवीकाको हरेक कुरामा सदैब साथमा रहेको बताउनुभयो । यस्तै वडा नं.३ का वडा अध्यक्ष सुकलाल चौधरीले जनता सङ्ग प्रत्यक्ष जोडिने स्वयंसेविकाहरु प्रती सम्मान प्रकट गर्नुभयो ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलिले स्वास्थ्यका हरेक सुचङ्क बढाउन स्वयंसेवीकाको महत्त्वपूर्ण हात हुने भएकाले अझै स्वास्थ्यको क्षेत्रमा सक्रियका साथ लाग्न आग्रह गर्नुभयो । स्वास्थ्य स्वयंसेवीका लिला देबकोटाको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण महिला स्वयंमसेवीका नर्बदा लामिछानेले गर्नु भएको थियो ।