सल्यानी सेवा समाज दाङको वनभोज कार्यक्रम सम्पन्न

रमन शर्मा
घोराही, ७ पुस ।
सल्यानी सेवा समाज दाङद्वारा आयोजित वनभोज तथा भेटघाट कार्यक्रम यहिँ पौष ६ गते शनिबारका दिन दाङ जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र धारापानी स्थित पाण्डेश्वर मन्दिर परिसरमा सम्पन्न गरिएको छ ।

वनभोज कार्यक्रममा सल्यान जिल्लामा जन्म भई हाल दाङ जिल्लामा बसोबास गर्दै आउनु भएका सल्यानीहरुको साझा संस्था सल्यानी सेवा समाज दाङले आयोजना गरेको हो । सो संस्थाले सल्यानीहरु बिच भाइचारा एवम् एकअर्कामा परिचयात्मक सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पिकनिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम सल्यानी सेवा समाज दाङका अध्यक्ष दिपेन्द्र रावतको अध्यक्षतामा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा समाजका सल्लाहकारहरू श्याम रेग्मी, डा कृष्णराज डिसी, दीपक शर्मा समीर, नारायणप्रसाद श्रेष्ठ, कमलमणि देवकोटा र अतिथिहरूमा निमबहादुर नेपाली, जेष्ठनागरिक हुति डाँगी लगाएतको उपस्थितिमा सम्पन्न गरिएको छ ।


कार्यक्रमको शुभारम्भमा उपस्थित सबै जनाले सामुहिक राष्ट्रिय गान प्रस्तुत गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो भने एकअर्कामा परिचित हुने अवसरलाई आत्मासाथ गर्दै परिचयात्मक कार्यक्रम समेत भएको थियो । सो कार्यक्रममाको औचित्य पुष्टि सहित समाजले गरेका विविध गतिविधिहरूका बारेमा समाजका सल्लाहकार दीपक शर्मा समीरले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सल्लाहकारहरू श्याम रेग्मी, डा.कृष्णराज डिसी, नारायणप्रसाद श्रेष्ठ, कमलमणि देवकोटा र अतिथिहरूमा निमवहादुर नेपाली, जेष्ठनागरिक हुति डाँगीले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा करिव ७० जना सल्यानी बुवाअआमा, दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो । उक्त पिकनिक कार्यक्रममा सल्यानी लोक संस्कृति झल्कने लोकभाका, पैसेरू, सोरठी, बन्काडी टप्पा लगायतका गीत नाच प्रस्तुत गरिएको थियो ।

सल्यानी सेवा समाज दाङका अध्यक्ष दिपेन्द्र रावतले उपस्थित सबैमा धन्यवाद सहित समापन गर्नु भएको कार्यक्रममा समाजका सदस्य, विभिन्न मिडियामा आबद्ध रहनुभएका रमन शर्माको स्वागत मन्तव्य तथा सहजिकरण समाजका सचिव विपिन आचार्यले गर्नु भएको थियो ।