सिपी संस्थाद्वारा निलसागर सेवा आश्रमलाई न्यानो कपडा सहयोग

तुल बहादुर कवँर मगर

दाङ, ३ पुष । मानवीय सेवाका लागि दाङमा सञ्चालित निलसागर सेवा आश्रमलाई क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले न्यानो कपडा सहयोग गरेको छ ।

दाङको देउखुरी स्थिति राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा सञ्चालित आश्रममा आश्रय लिई रहेका सडक सहयाेगापेक्षी मानवहरुलाई जाडोबाट बचाउन करिब ७५ हजार रुपैयाँ बराबरको २५ जाेर न्यानो कपडा र १० वटा बल्याङ्केट सहयोग गरिएकाे संस्थाकी महिला शसक्तिकरण संयाेजक सरिता चाैधरीले जानकारी दिनुभयो। 


उक्त कपडा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको राेहबरमा सेवा आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीलाई हस्तान्तरण गरिएको संयाेजक चाैधरीले बताउनुभयो ।

साे अवसरमा संस्थाकी विद्यार्थी संयाेजक दिपा चाैधरी, प्रेसा चाैधरी लगायतको सहभागीता रहेको थियो । आश्रममा अहिले देउखुरी क्षेत्रका विभिन्न स्थानबाट उद्वार गरिएका ३ महिला सहित २५ जना सडक सहयाेगापेक्षी मानवहरु रहेका छन्।