प्रमोद आचार्य
दंगीशरण, १९ पुष । दंगीशरण गाउँपालिकाको आयोजनामा कक्षा १-३ को एकीकृत पाठ्यक्रम र कक्षा ५-८ र १० को नयाँ पाठ्यक्रम सम्बन्धि सामुदायिक विद्यालयका शिक्षकहरुका लागी क्षमता विकास सम्बन्धि तालिम बुधबारदेखी बिरेन्द्र नमुना मा.वि हेकुलिमा शुरुभएको छ ।
शिक्षासाखा दंगीशरणका प्रमुख बिनोद अधिकारीको सभापतीत्व,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा बिरेन्द्र नमुना मा.वि हेकुलिका प्र.अ खिमराज खनालको बिशिस्ट आथित्यतामा तालिमको औपचारिक उद्घाटन गरीएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती गाउँपालिका अध्यक्ष शम्भु गिरीले बदलिदो पाठ्यक्रम तथा परीमार्जित पाठ्यबस्तु अनुरुप शिक्षणसिकाइ क्रियाकलाप अगाडी बढाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।एकातीर समुदायमा सामुदायिक तथा सस्थागत विद्यालयविच प्रतीस्पर्धा चलिरहेकावेला सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित गर्न गुणस्तरीय शिक्षा तथा परीपार्जित पाठ्यबस्तु प्रती जानकार रहन आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै शिक्षासाखा प्रमुख बिनोद अधिकारीले शिक्षणसिकाइ क्रियाकलापमा बिशेष जोडदिन सहभागी शिक्षकहरुलाइ आग्रह गर्नुभयो ।प्रविधिको विकाससङ्गै विकासले गतीलिइ रहेकावेला शिक्षकहरुले पनि प्रवीधिसङ्गै अगाडी बढ्न अपरीहार्य रहेको बताउनुभयो ।
तालिमको उदेश्यवारे प्रकास पार्दै सामाजिक बिषय शिक्षक प्रदिप चन्दले कक्षा १-३ र ५ -८, १० को पाठ्यक्रम कस्तोछ आन्तरिक मुल्यांकन र बाह्य मुल्यांकनको प्रक्रिया तथा पाठ्यपुस्तक र पाठ्यबस्तुमा के कस्ता बिषयबस्तु समेटीयकाछन भन्ने कुरावारे जानकारी गराउन पनि नयाँ पाठ्यक्रमको प्राविधिकरण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरीएको जानकारी गराउनुभयो ।
औपचारिक कार्यक्रममै बोल्दै बिरेन्द्र नमुना मा.वि हेकुलिका प्र.अ खिमराज खनालले सिकाइमा सकारात्मक प्रभाव पार्न पाठ्यक्रम र पाठ्यसामग्री सम्बन्धि २ दिने तालिम फलदायी हुने बिस्वास ब्यक्त गर्नुभयो । यस्तै प्र.अ खनालले तालिममा सिकेका कुराहरुलाइ कक्षाकोठामा लागुगरीदिन तालिममा सहभागी शिक्षकहरुलाइ आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण शिक्षासाखा दंगीशरणका प्राविधिक सहायक उमा के.सीले गर्नुभएकोथियो ।
लाइभदाङ । १९ पुष २०८०, बिहीबार १२:४४ बजे