दीपक बोहरा
दाङ, १६ मंसिर ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालले यस अघि अब्यबस्थित रुपमा फोहर फाल्ने गरेको थियो । अस्पतालले फालेका फोहरहरु किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुईहरु विझ्थे । फोहर ब्यस्थापनकालािग धेरै पटक किसानहरु अस्पतालमै पनि पुगे । तर, लामो समय किसानले सास्ती नै खेप्नु प¥यो । अस्पताल वरपर नै दुर्गन्धित हुन्थ्यो । तर, अब भने त्यो समस्या हटेर गएको छ । अस्पतालमा स्वास्थ्यजन्य फोहर ब्यबस्थापन केन्द्र स्थापना भएपछि भने त्यो समस्या अन्त्य भएको छ ।
अब अस्पताल जन्य फोहरहरु त्यही केन्द्रमा पठाउने र संक्रमणयुक्त फोहरलाई संक्रमण मुक्त बनाईने छ । गल्ने, नगल्ने फोहरलाई छुट्टै राखिनेछ । अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ओम अर्यालका अनुसार संक्रमण मुक्त बनाईएका ति फोहरहरुलाई उपमहानगरपालिकाको जिम्मा लगाईनेछ ।“पहिले नगरपालिकाले पनि लिन नमानेपछि हामीले गाड्ने, जलाउने र त्यतिकै फाल्ने पनि गरिएको अबस्था थियो”,उनले भने“तर, अब संक्रमणमुक्त बनाएपछि नगरपालिकासंग समन्वय गरेर ब्यस्थापन हुनेछ, यसले अस्पतालको फोहर ब्यबस्थापनमा सहज भएको छ ।”
अस्पतालमा फोहरलाई संक्रमणमुक्त गर्नकालागि दुई वटा मेसिन जडान गरिएको छ। ति मेसिनबाट फोहरलाई संक्रमण मुक्त गरेपछि छुट्टै राखिन्छ, र उपमहनगरपालिकालाई जिम्मा लगाईन्छ । युएनडीपी र चाईन एडले उक्त केन्द्र स्थापना गरेका हुन् । दुई करोड ५० लाख लागतमा ति आबश्यक सामग्रीसहितको उक्त केन्द्र स्थापना गरिएको हो । घरमा हुने फोहर र अस्पतालमा हुने फोहरमा निकै फरक हुने भन्दै यसलाई ब्यबस्थापन गर्न आफूहरुले भवन निर्माण गरेको युएनडीपीका प्रोजेन्क म्यानेजर राजेश मिश्रले बताए ।
अस्पताल सफा नभएमा झनै रोग फैलिन सक्ने भन्दै दाङसहित बिभिन्न ६ अस्पतालमा यस्ता सरसफाई केन्द्र स्थापना गरिएको हो । १ बर्षदेखि निर्माण थालिएको उक्त कार्य भर्खरै सम्पन्न भएर अस्पताललाई हस्तान्तरण गरिसकेको छ । यहाँ जोडिएका मेसिन गुण्स्तर मेसिन भएको समेत मिश्रले बताउनुभयो । यो मेसिन जडानकालागि चिनबाट प्राबिधिक आएका थिए । साथै त्यहाँ कार्यरत कर्मचारीलाई सिकाउनकालागि तीन दिने तालिम समेत प्रदान गरेका छन् ।
लाइभदाङ । १६ मंसिर २०७९, शुक्रबार १९:१७ बजे