सल्यान ट्रक दुर्घटना अपडेट: चालकको पनि मृत्यु, मृतकको संख्या ४ पुग्यो

सल्यान , १२ कात्तिक । सल्यान कपुरकोटको सिनवांगमा भएको मिनि ट्रक दुर्घटनामा घाइते भएका गाडि चालक सिनवांग निवासी २६ बर्षिय मान बहादुर भण्डारीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाइ कपुरकोट आधारभुत अस्पतालबाट तत्काल रिफर गरि दाङ  तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको खबर छ ।


यो संगै उक्त दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जनाको घटनास्थलमा, १ जनाको कपुरकोट अस्पतालमा ल्याउदै गर्दा बाटोमा र १ जनाको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अरु ७ जना घाइते छन् ।