स्वच्छ र निष्पक्ष निर्वाचनको सम्वन्धमा नागरिक सरोकार

दाङ
लोकतान्त्रिक राज्य प्रणालीमा आवधिक तथा नियमित निर्वाचन एक स्वाभाविक प्रक्रिया हो । नियमित निर्वाचनले राज्यको राजनैतिक प्रणालीलाई जीवन्त राख्दछ, भने राजनीतिक प्रणालीको परीक्षण समेत हुने गर्दछ । यसै सन्र्दभमा २०७९ मंसिर ४ गते भएको संघीय तथा प्रदेश सभाको निर्वाचन सम्पन भइसकेको छ । यस क्रममा २ जना नागरिक (सन्दीप ऐडी र चेतन ऐडी) ले मृत्युवरण गर्न पुगेका छन ।

सुरक्षाकर्मीको गोली लागेका सन्दीप ऐडी तथा चुनावी रिसइवीले नियोजित घरपकड गरी आक्रमण गरी मृत्यु हुन पुगेका चेतन ऐडीको मृत्युले अझैपनि राज्यको चुनावी चरित्र नफेरिएको संकेत गर्दछ । वाजुरा, स्याङजा, दोलखा, लगायतका जिल्लाहरुमा दलका गतिविधि निर्वाचन मैत्री नरहेको स्पष्ट नै छ ।

यस अवस्थामा स्याङजा जिल्ला क्षेत्र नं. २ चापाकोट न.पा. अन्र्तगतका ४ वटा मतदान केन्द्रमा भएको मतदान कार्य उपर परेका उजुरी लाई उचित संवोधन नगरी मतगणना गर्ने गरि निर्वाचन आयोगवाट मिती २०७९÷८÷१४ गते भएको निर्णय उपर हामीहरुको गम्भीर असहमति र आपत्ति जाहेर गर्दछौ ।

मुलुक भर सरदर ६० प्रतिशत मतदान भैरहेको अवस्थामा उक्त क्षेत्रमा ९८ प्रतिशत मतदान के कति कारणले भएको हो ? निर्वाचन आयोगले स्पष्ट पार्नु पर्ने नपर्ने के हो ? भन्ने जस्ता विषयमा निर्वाचन आयोग मौन देखिएको छ ।


कर्मचारी, दलीय प्रतिनिधि, सुरक्षाकर्मी वा मतदान प्रकृयामा खटिएका व्यक्तिले प्रकृयागत व्यवस्थापन (Procedural setting) गरेको अवस्थामा त्यस्तो चुनावले वैधानिकताले प्राप्त गर्न मिल्ने हो वा होइन? यसर्थ, स्वच्छ निष्पक्ष मर्यादित निर्वाचन सम्पन्न गर्ने दायित्व वोकेको निर्वाचन आयोगले नियमका साथ मतदान गराउने कार्यबाट विषयान्तर हुन मिल्ने होइन ।

यी विषयमा हाम्रो गंभीर ध्यानकार्षण भएको छ । हाम्रो ध्येय निर्वाचन निष्पक्ष होस भन्ने हो । अमुक व्यक्ति/दलले विजय प्राप्त गर्नु वा पराजित हुनु प्रति हाम्रो चासो होइन । केवल निर्वाचन निस्पक्षका साथ सम्पन गर्ने दायित्व निर्वाचन आयोगले पुरा गर्नु पर्दछ भन्ने हो ।

स्वच्छ स्वतन्त्र निर्वाचनका लागि एैक्यवद्धता जाहेर गर्ने व्यक्ति र संस्थाहरुः–
१. गिरधारी सवुदी, सयपत्री समाज,‚पोखरा
२. सोम निरौला, मानव अधिकारकर्मी, काठमाडौं
३. नितु पोखरेल, अधिकारकर्मी
४. प्रेम सापकोटा, सामाजिक अभियन्ता
५. शिवनाथ यादव, विरगन्ज, तन्नेरी चासो
६. किरण कौशल, पाल्पा पर्यटन विकास केन्द्र
७. विनोद पौडेल
८. अविरल अधिकारी
९. सुनिता वि.क.