चुनाबमा आफ्नो विवेक प्रयोग गरौं

जतिबेला निर्वाचन आउछ, त्यसपछि जनताका घरमा आउछन्, भन्ने नागरिकको गुनासो नयाँ होईन् । राजनीतिकदलहरूको प्रवृति नै त्यस्तै छ । अघि–पछि कुनै चासो नदेखाउने राजनीतिक दलहरू जब निर्वाचन आउछ, त्यसपछि जनता खोज्दै जान्छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते हुँदैछ । त्यसैलाई लक्षित गरि राजनीतिक दलहरूले सक्रियता बढाएका छन् । घरदैलो तथा गाउँ–गाउँमा कार्यक्रमहरू भइरहेका छन् । गाउँ–गाउँमा चुनावी चहलपहल बढिरहेका छन् । जनतामाझ विभिन्न अस्वासन देखाउने गर्छन् । जनताले जे माग्यो त्यो पूरा गर्ने बाँचा गर्ने गरेका छन् । गाउँ–गाउँमा भोजभतेर पनि चलिरहेको छ ।

राजनीतिमा स्वस्थ प्रतिष्पर्धा आवश्यक छ । आफ्ना एजेण्डा जनता माझ स्वस्थ ढंगले लैजानु पर्छ । तर, त्यसो हुन सकेको छैन, एक अर्कालाई सक्दो बल प्रयोग गरेर खुइल्याउने प्रवृति बढेको छ । मुलुकको सत्ता सञ्चालन गर्ने राजनीतिक दलहरूले हो । राजनीतिक दलहरूबाट जनताले ठूलो आशा, अपेक्षा गरेका हुन्छन् । लामो योग्दान, त्याग, तपस्या र बलिदानीबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको छ । विश्वकै उत्कृष्ट मानिने यो संविधानलाई पूर्ण कार्यान्वनयकालागि राजनीतिक दलहरू एकजुट हुन आवश्यक हुन्छ । राजनीतिक दलहरूलाई फुटाएर मुलुकका उपलब्धीहरूलाई कोल्याप्स’ पार्ने रणनीतिमा विभिन्न देशी, विदेशी शक्तिहरू चलमलाई रहेका छन् । यसमा सबै सजक हुनुपर्छ, जनताले पनि यो विषयमा आलोचनात्मक दबाद दिनुपर्छ ।


मुलकमा प्रदेश र संघको निर्वाचन भएपछि सबै तहको निर्वाचन हुँदैछ । यो बीचमा राजनीतिक दलहरूले आफ्ना गतिविधिलाई चलायमान बनाउनु पर्छ नै । तर, अस्वभाविक, अस्वस्थ तरिकाले होईन्, आफ्ना गतिविधि जनतामाझ लैजादा सम्य तरिकाले लैजानु पर्छ । त्यसले निराश भएका जनतालाई उर्जा पनि थप्ने छ । ईमान र ईज्जतको राजनीतिमा ध्यान दिनुपर्छ । गालीगलौज होईन्, आफ्ना विकासका खाकाहरूलाई जनता माझ लिएर जनताको मन जित्ने हो । तर, जनतालाई झुक्क्याउने, जनताको मतलाई पैसा, मासु भातमा तुलना गर्ने प्रबृति राजनीतिक दलहरूमा देखिएको छ । यसले विकास र समृद्धिमा भन्दा स्वार्थको राजनीतिमा बढि केन्द्रित हुन्छ । त्यसैले यसबाट आम नागरिक पनि सजग हुन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक