आजको कार्यदिशा पश्चगामी भइसक्यो

भीमबहादुर वली
एकाधीकार पुँजीदेखि साम्राज्य रूप धारणको ब्याख्या र सो समय सापेक्ष विचार र संघर्ष तथा हामीहरूको बुझाई मालेमावादले सोही समय अनुकुल बुझाएकै छ आजको वित्तिय पुँजीको भूमण्डलीकरण र डिजिटलीकरण,भुमण्डलिकृत श्रम र संचार,भुमण्डलिकृत यातायात र विज्ञान तथा प्रविधि विकासको २१ औ शताब्दीको वीचार र संघर्षको स्वरूप सहितको संश्लेषणविना हामी अगाडी बढन नसक्ने अवस्थामा छौ। संघर्षको दृष्टिकोण अर्थतन्त्रलाई केन्द्र विन्दु बनाएर लेखिएको छ, भने हिजोको अर्थतन्त्रको विकास अनुरूप ब्याख्या र विचारको संश्लेषण मालेमाले जसरी ग¥यो । आज सोही हिसावले ठीक ढंगले गर्न सक्यौ भने नेपाली क्रान्तिको मात्र नभई विश्व क्रान्तिको कार्यदिशा बन्ने छ। माओको मृत्यु पछि र विशेषगरी सन १९८० को दशक आसपासबाट भएका क्रान्तिहरू असफल हुदै गए । नयाँ विचार अभावको परिणाम स्वरूपकै असफलताको निरन्तरता मान्न सकिन्छ ।

आजहामीहरूले दर्शन,अर्थतन्त्र र समाजवाद कस्तो हुने विषयमा संश्लेषण गरेनौ या सकेनौ भने र ब्यवहारमा लागेनौ तथा बाटोमा हिडन हिडाउन सकेनौ भने कसरी वनाउछौं हामीहरूले २१औ शताब्दीको वैज्ञानिक समाजवाद । छोटोमा आज हाम्रो र समाजको विश्वदृष्टीकोण के हो? हामी र हाम्रो समाजको दृष्टिकोण आफु राम्रो अरू खराब,गर्न नसक्ने गरेकाको रिस गर्ने,उत्पादन नगर्ने तर ठगेर खाने,भएको पुजी अनुत्पादक क्षेत्रमा लगानी गर्ने, भ्रष्टाचार गर्ने अरूलाई किनेर आफ्नो मान्छे बनाउने,इमान्दारहरू समाजबाट हराउदै जाने तर बदमासहरू समाजिक संस्थाहरूमा निर्वाचित हँुदै जाने,अराजनीतिक गठबन्धन गर्दै जाने तर विचारनजिक हुनेहरू दुष्मन बन्दै जाने, इमान्दारहरू र सामाजिकहरुले चुनाव हार्दै जाने तर भ्रष्टदलालहरूले जित्दै जानें,राम्रो कुरा आफूले पनि जान्न नखोज्ने तर अरूलाई उपदेशदिने, विचार र दर्शनको काम छैन भन्ने तर सामाजिक आवाराहरूका पछि समाजले विश्वास गर्ने लगायत यस्तै हजारौं द्धन्दात्मक र संत्य अवयवहरूको संकेंद्रनसंग विजय हाँसिल गर्ने मुख्य कुरा विचार त हो तर खोजी गर्न नखोज्ने र सत्य खोजलाई पनी मान्न नपर्ने ।

यो खालको खराब दृष्टिकोणले निर्मित कर्मचारीहरुबाट कमिसन खायर मात्र बजेट ब्यक्तीका हातमा जाने बचेको रकम जनप्रतिनिधिको हातमा जाने र आउदो चुनावमा जनतालाई भेडाबाख्रा किने झै किन्नमा खर्चने साथै जनता पनि पार्टीप्रती बफादारीताको नक्कली बुझाईमा पशु भएको पत्तै नपाउने, जनताहरूको जीवनस्तर सुधार्ने योजना छैन्, विग्रिएका जनताहरू केहीदिनकालागि बलिका बोका राजनैतिक दलका बन्ने अर्को चुनावसम्म खानलाई ढुकेर बस्ने भयपछि कसरी बन्छ देश, समाज र जिवनस्तर ।

समाज समृद्धिको कुरा गर्ने तर समाजमा खराव भन्दा खराव काम गर्ने भिखारी तथा दलाललाई जनप्रतिनिधी बनाउने काम हामी जनताले गरे पछी कसरी बन्छ नयाँ समाज ? यो सबैको परिणाम निस्किने भनेकै आजको विघटित र प्रतिगमन नै हो जो प्राप्त गरिरहेका पनि छौं ।


मालेमाका पालामा यति धेरै क्रप्टेड जनता पनि थियनन् त्यसैकारण उनीहरूले सही नीति र ब्यबहारमा पुग्न सके। हामीले मालेमामा यो माथिको चरित्रलाई निष्तेज गर्नेगरी दृष्टिकोण,अर्थतन्त्र र समाजको चेतनामा उथलपुथल कसरी ल्याउने यो जटिल विषयको जवाफ नहुँनु कै कारण सामाजिक अपराधीहरूले समाजको नेतृत्व गरिरहे। सामाजिक अपराधीहरू र जनप्रतिनिधी नोकरसाह र दलालहरू हुदै अर्थतन्त्र केन्द्रीकरण हँुदै गएपछि त्यो फजुलमा प्राप्त रकम जनतामा दुरुपयोग गरेर थप भ्रष्टाचारका लागि जनताबाट उनीहरूले लाईसेन्स प्राप्त गर्दछन।

सारमा जस्ले जे भने पनि २१ औ शताब्दी नयाँ विचार संश्लेषणको शताब्दी हो,भुमण्डलिकृत वित्तीय पुँजीलाई जननियन्त्रित गर्ने तरिका के हुन सक्छ र समाजमा उत्कृष्ट चेतना भएका तथा योजनाकारहरू कसरी जनस्थापित गर्न सकीन्छ यो गम्भीर विषय हो । यसको खोजी अर्को पटक अधिकतम प्रयास गरिने छ। यस पटक भन्दा अर्को पटक थप खोज मुलक र अलि विस्तृत ब्याख्याको आवश्यकता देखियको छ। मलाई लाग्छ यो खोज हामीहरूबाटै सम्भव छ अरूको अपेक्षा मात्र गरेर अंधकारमा हराइरहने छुट पनि छैन । हाम्रै जीवनमा पुनः जनयुद्धले जुन विचार निर्माण ग¥यो । त्यसका जगमा गणतन्त्र, संघीयता र नयाँ संविधानसम्म आयौ । अब अगाडि बढनलाई आजको कार्यदिशा पश्चगामी भइसक्यो । अग्रगामी कार्यदिशा आगामी खोजको विषय रहने छ।( दाङ बबई निवासी लेखक माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य हुन् । ) साभार : अग्रिम साप्ताहिक

May be an image of 2 people and text that says 'सोमबार अगिम सम्पादकीय... Weekly, Dec. Monday 2021) www.livedang.com विविध कार्यंदिशा पश्चगामी भइसक्यो: तुलसीपुर खानेपानीमा राजनीतिक दलको सकारात्मक अम्यास तुलसीपुर खानेपानी क्रियाशिल छन् राजनीतिक राजनीतिक दरले भागबन्डा सहमात कायम प्रशंसा लडाई प्रभाब कामको अवरोध पुऱ्याउने थियो भएको सवै राजनीतिक दलहरुको कार्यले खानेपानी संस्थाको विकासमा खानेपानी हरेक संवेदनशील नभई राष्ट्रिय सबैको सहयोग हिसाबले पन्शी यसले आउने बनाउछ सवै महशुस गनेछन्। राजनीतिक गर्नेछन,र विकासकालागि सबैबाट सहयोग अभै तुलसीपुरमा धारा यियो। राजनीतिक उतिकै चुनौति तुलसीपुर खानेपानीको कुराहर यसमा म्भीर दिनेछ सहमितको होईन प्रतिष्पर्धा भन्दा राजनीतिक अगाडी बढ़ूने सबैको सकियो यसले यहााका चौतर्फी फडका मानेछ यसतफ ध्यान विकासलेप आवश्यक'