तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

तुलसीपुर, १२ मंसिर ।
दाङमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ टरीगाँउ निवासी ७० वर्षीय रामलाल पोख्रेल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट जसपुरतर्फ जादै गरेको भे ९ प ५३१४ नम्बरको मोटरसाइकलले तुलसीपुर १२ पुकारपसल नजीकै पैदल हिडीरहेका पोख्रेललाई ठक्कर दिएको प्रहरीले बताएको छ ।


घाइतेको तुलसीपुर सिटी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक तुलसीपुर ३ रानागाँउ निवासी ४६ वर्षीय खिम बहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।