नव निर्वाचित प्रदेश र प्रतिनिधि सभा सदस्यलाई प्रमाणपत्र प्रदान

तुलसीपुर, ११ मंसिर ।
दाङ क्षेत्र नं ३ मा निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि तथा प्रदेश निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले आइतबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य दीपक गिरी, ३(१) का प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरी र ३(२) का प्रदेश सभा सदस्य धनबहादुर मास्कीलाई निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले प्रमाणपत्र प्रदान गनुभएको हो ।


प्रमाणपत्र वितरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपार, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्का लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण सायक निर्वाचन अधिकृत भुपाल भण्डारीले गर्नुभएको थियो ।

मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धनबाट प्रतिनिधि सभा ददस्यमा नेपाली काँग्रेसका दीपक गिरी, ३६ हजार ९ सय ११ , गठबन्धनबाट काँग्रेसका प्रदेश ३(१) मा डिल्ली बहादुर चौधरी १९ हजार ८ सय ६७ र गठबन्धनबाटै माओवादी केन्द्रका धनबहादुर मास्कीले २२ हजार ३ सय ६२ मत प्राप्त गरेर विजयी हुनु भएको थियो ।