दाङ १(१): माओवादी केन्द्रका इन्द्रजित विजयी

दाङ,८ मंसिर । दाङको क्षेत्र नं.१ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजित चौधरी विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी एमालेका गंगाराम भट्टराईलाई १ हजार ७ सय ७५ मतान्तरले पछि पार्दै विजयी भएका छन् । चौधरीले १३ हजार ५ सय ५ मत ल्याएका छन्, भने भट्टराइले ११ हजार ७ सय ३० मत ल्याएका छन् । चौधरी बहालवाला लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्यान मन्त्री समेत हुन् ।


उनी २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए, भने २०७७ सालमा सोही क्षेत्रमा प्रदेशसभा सदस्य भएका थिए ।