ग्वारखोला ‘हाइड्याम्प’कालागि लुम्बिनी प्रदेशको बजेट

तुलसीपुर, २ असार ।
दाङको तुलसीपुर स्थित ग्वारखोला हाइड्याम्पकालागि लुम्बिनी प्रदेश सरकारले बजेट छुट्याएको छ । यस अघि पनि हाईड्याम्पकालागि बजेट छुटिएपनि काम अघि बढ्न सकेको छैन । प्रारम्भीक सर्वे भएपछि डीपीआर हुन सकेको छैन ।

जसले गर्दा त्यहाँ काम अघि बढ्न सकेको छैन । त्यहाँ हाईड्याम्प बनेमा १० हजार हेक्टर क्षेत्रफलमा सिंचाई गर्न सकिन्छ, भने तुलसीपुरमा खानेपानी पनि प्रयाप्त हुन्छ ।


सोही कुरालाई मध्यनजर गरि आफूले यस पटक बजेट बिनियोजन गरेको प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बताए ।

उनका अनुसार ग्वारखोला हाइड्याम्प, कपिलबस्तुको बाणगंगासहितका क्षेत्रमा १ करोड बिनियोजन भएको छ । आगामी आर्थिक बर्षकालागि उक्त बजेट बिनियोजन भएको हो ।