
आलोक भावुक
गढवा,३० पुस ।
गढवा गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोग तथा मुक्त कमलरी विकास मञ्च गढवा नगर कमिटिको आयोजना माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मुक्त कमलरी विकास मञ्च गढवाकी अध्यक्ष सिमा चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गाउँपालिका गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले मुक्त कमलरीहरुको घोषणा पश्चात पनि अझै अवस्था सुधार नभए बताउनुभयो। सतप्रतिशत लाई सरकारी परिचयपत्र नहुँदा राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित हुनुपरेको अवस्था छ,
क्याम्पस तहमा अध्ययनरत मुक्त कमलरीहरुले छात्रवृत्ति पाउन नसकेको अवस्था छ। आफुहरु निरन्तर मुक्त कमलरीको पक्षमा वकालत गर्दै दवाव दिदै आएको तर अझै यो आवाज निरन्तर उठाउनै पर्ने बताउनु भयो। प्राप्त उपलव्धीको रक्षा गर्दै आत्मनिर्भरतामा विशेष ध्यान दिनु पर्नेकुरामा सभा सदस्य थारुले जोड दिए।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले मुक्त कमलरीको लामो संघर्षपछि सरकारले २०७० असार १३ गते देशमा कमलरी मुक्तिको घोषणा गर्यो, माघी विगतमा थारू समुदायका बालिकालाई दास बनाउने पर्व भए पनि अहिले परिमार्जन हुँदै आएको अध्यक्ष पोख्रेलले बताउनुभयो। पहिले माघी आयो कि घरमा छोरीलाई कमलरी पठाउने सल्लाह हुन थाल्थ्यो । हरेक माघीमा थारू बालिका दास बन्न जान्थे,भने, ‘अहिले समाज बदलिएको छ ।
थारू समुदायको चेतना र जीवनशैलीमा पनि धेरै परिवर्तन आएको छ ।मुक्त कमलरीहरुको चाहाना, शिक्षा, सिप रोजगारी र जमिन सहितको पुनर्स्थापना भन्ने मुल नारा साकार पार्न आफु सर सम्भव सहयोग गर्ने बताए।
कार्यक्रममा बोल्दै मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माघी पर्व सुन्ने बित्तिकै जमिनदारले मोलमोलाइ गरेको दिन याद आउँने बताए।
बिगतको दिन स्मरण गर्दै चौधरीले भन्नु भयो–माघी जमिनदार हरुले घरमै आई मोलमोलाई गरी मज्दुरी बन्न जाने/गएका दिनहरु याद आउछ। माघीमा गएपछि फेरि माघीमा घर फर्कने आशा गरेर बस्नु पर्ने बाध्यता हुन्थ्यो ।माघी दासता सम्झाउने पर्व हो । यसले धेरै थारु समुदायका बालिकाको भविष्य बर्बाद बनाएको छ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरीभगत चौधरीले सरकारले कमलरी मुक्त घोषणा गरे पनि मुक्त कमलरीहरुलाई अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेण्टी नहुँदा अरुको साहारामा बस्नु पर्ने बाध्यता रहेको बताए। माघी पर्व चौधरी समुदायमा चेली बेटी बेच्ने पर्व जस्तै थियो ।
माघीमा ढाका टोपी लगाएर मान्छे गाउ पस्दा गाउँघरका साना छोरी चेलीको रोदन सुरु हुने बिक्री हुने डर त्रास आज पनि झलझली याद रहेको बताए।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३का वडाध्यक्ष तुल्सीराम अधिकारी, भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, मुक्त कमलरी विकास समिति राजपुरकी अध्यक्ष बिमला चौधरी, राप्तीका अध्यक्ष लक्ष्मी चौधरी, पूर्व मुक्त कमलरी लगायतकाले बोलेका थिए।
पूर्व मुक्त कमलरी तथा मुक्त कमलरी विकास मञ्च गढवाकी सल्लाहाकार सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मुक्त कमलरी विकास मञ्च गढवाकी सल्लाहाकार रम्भा चौधरीले गरेका थिए।



लाइभदाङ । १ माघ २०८२, बुधबार १८:५५ बजे